पुर्व पश्चिम राजमार्ग अनतर्गत धनगढीमाइमा गाडी दुर्घटना दर्जनौं घाईते

  • भदौ ७, २०७८
  • १८५४ पटक पढिएको
  • बिनोद मण्डल
alt

 विनोद मण्डल/प्रदेश टाइम्स सिरहा। भदौ ७ । धनगढीमाई नगरपालिकाको कशहा र आरके मेडीसिटी अस्पतालको केही पक्षिममा स्कारपीओ र पिकअप भ्यान एकापसमा ठोकिएका छन् । इलामबाट काठमाडौंतिर आउँदै गरेको स्कारपीओ १७ च ९९६५ नम्बरको गाडी र वीरगंजबाट धरान तर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश २_०३_००१ च ७४१ एकापसमा ठोकिदा दर्जनौं घाइते भएका छन् । घाइतेहरू क्रमश १ , प्रकाश ढकाल ,काठमाण्डौ । २, राधेश्याम सापकोटा ,काठमाण्डौ ३, उमेश सुवेदी ,दक्षिणकाली ४, किशोर कुमार पोखरेल ,धरान ५, चिरञ्जीवी सापकोटा ,काठमाण्डौ ६,सरोज पौडेल , काठमाण्डौ ७, विजय कुमार भुजेल , गौशाला ८, राजु नगरकोटी , दक्षिणकाली ९, देवेन्द्र सुवेदी , दक्षिणकाली १०, दीपक हमाल ,काठमाण्डौ आज बिहान ११ बजे भएको उक्त घटनामा गम्भीर घाईते सबैको स्थानिय आरके मेडीसिटी अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाइएको छ भने दुर्घटनामा गम्भीर घाइते भएका राजु नगरकोटीलाई अस्पतालले बाहिर रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली पुगेर आवस्यक काम गरिरहेको स्थानीयलाई उदृत गर्दै दीपनारायण मण्डलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...