सिरहा प्रहरी द्वारा ७५ लाख ५६ हजार ८ सय बराबरको भन्सार छलीको औषधी बरामद

  • भदौ १९, २०७८
  • ६४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स १९ भदौ सिरहा । सिरहा प्रहरीले ७५ लाख ५६ हजार ८ सय बराबरको भन्सार छलिको औषधि बरामद गरेको छ । भारत बाट नेपाल तर्फ आउँदै गरेको लु १ स ८००७ नम्बरको अटोलाई प्रहरीले चेक चाँच गर्दा भन्सार छलिको औषधिहरु बरामद गरेको हो । दिउँसो करिब दुई बजेको समयमा लहान सिरहा बाट खटिएको प्रहरीले लहान नगरपालिका वडा नम्बर १९ कटहा चौक स्थित भन्सार छलिको समान बरामद गरेको हो भने प्रहरी देख्न बितिकै अटो चालक फरार भएको थियो । बरामद गरेको भन्सार छलिको औषधि थप अनुसन्धान गरि भन्सार कार्यालय ठाडी सिरहामा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।बरामद गरिएको भन्सार छलिको औषधिहरु RECAL-K2-7 नामक औषधी १५ कार्टुनमा,   OETHOCAL Tablets नामक औषधी १० कार्टुनमा र  CARECAL Tablets नामक औषधी ५ कार्टुनमा ७२० बट्टा रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...