आमूल परिवर्तनको लागि स्व्च्छ र स्वार्थ रहित राजनीति

  • भदौ २१, २०७८
  • ८४८ पटक पढिएको
  •  राम पुकार यादव
alt

सिरहा । गाउँ शहरमा चहलपहल छन । भुल्ला र झुल्लाहरु चुनावी सकसमा छन ।विभिन्न पार्टी संगठनहरु आ आफ्ना अधिबेशनको तयारीमा छन ।राजनीतिको परम्परा र आधुनिक शैली बिच उतिकै द्वन्द त छ नै मगन्ते नुनतेले राजनीतिक चिन्तकहरु पनि अभियानमा उम्केको छ ।

बिगतमा सरकारी चामल बेच्नेहरु जनतालाई कम चलाएन। उपलब्धि भने समाज र जनताको लागि उनिहरु बाट केही भएन । चौक चौराहा उनिहरुको शोर भने जनपक्षीय नै छन तर काम भने त्यही चौराहामा जनपक्षीय नरहेको जनअवाज छन । चौक चौराहामा राजनीति खेतीपाती राम्रो फ्स्ट्याएको गुन्जिन्छन । गाउँ घरमा विकास भने अधुरै रहेको चिन्ता पुरानो र नयाँ राजनितिक चिन्तकहरुमा कमै देखिन्छ ।

किन छन त अन्योलको अबस्था ? जनतालाई दुरदर्शिताको प्रत्याभूति कसले दिलाउने ? जनतामा चेतनाको कमि त छ । तर उनीहरुको के दोस । ? उनिहरु आफ्नो दिनचर्यामा ब्यस्त हुन्छन् । उनिहरुको प्रतिनिधित्व गर्ने असक्षम ,अदुर्दशी ,अल्पज्ञानी ,स्वार्थी नेतृत्वको कारण जनतामा अन्योलता अबिश्वास भर्म सृजना भएको त होला । जनताले त प्रतिनिधिको अधिकार र दायित्व प्रदान गरिदिने हो ।

त्यस अधिकारलाई जनताको हकहित र संरक्षणमा कसरी सदुपयोग गर्ने भने कुरा त प्रतिनिधिहरुको दक्षता,कुशलता र योग्यतामा निर्भर हुन्छन । हालको अबस्थामा त्यस्ता प्रतिनिधिहरु कमै भेटिन्छन । यतिखेर आफ्ना बर्चस्व कायम राख्न जनतामा भर्म सृजना गर्ने समन्वयको साटो फुटाउने , एकत्रित रहेको समाज वा परिवारमा भेद लगाउने जस्ता द्वन्द्वात्मक गतिविधि गर्दै राजनीतिमा हाबी भएको देखिन्छ ।

राजनीति गर्ने यो सुत्र त हो तर सुत्र प्रयोग गर्ने सोच र मानसिकता सकारात्मक नरहेको प्रष्ट देखिन्छ । यस अबस्थाका राजनिती र यस राजनीतिक कर्म संग जुटेका चिन्तकहरु असफल र असक्षम भएर जान्छन । उनिहरुको भुल्ने र झुल्ने बानी र आचरनले भुल्ला र झुल्लाहरुको राजनिती चल्दैन ।

 अब त नयाँ पुस्ता र नयाँ बिचारको राजनिती सँग जनता आबद्ध हुन्छन् । पुरानो शैली र डर धाक लगाएर मिथ्या अश्वासनको भरमा मत नपाइने अबस्था छुपेको देखिदैन । सहि बिचार ,साकारत्मक सोच ,झुक्ने शक्ति,उदारदायी भावना, स्वार्थ रहित मनोआँकक्षा जनप्रीय लकचादार आचरण व्यबहार र जनताको हितमा निस्पक्ष कर्म गर्ने राजनीति प्रतिस्परधिको खोजिसँग जनता सहमत भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...