संविधान संशोधनको माग सम्बोधन नभएकाले  विगतमा झै यस वर्ष पनि असोज ३ गते देश व्यापी विरोध दिवस मनाउने –राजपा संयोजक यादव

  • भदौ २५, २०७६
  • ४२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संविधान संशोधनको माग सम्बोधन नभएकाले  विगतमा झै यस वर्ष पनि असोज ३ गते देश व्यापी विरोध दिवस मनाउने निर्णय गरेको राष्ट्रिय जनता पार्टीका संयोजक राजकिशोर यादवले बैठकपछि सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । राष्ट्रिय जनता पार्टीको मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान जारी भएको दिनलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।त्यसैगरी बैठकले मुलुककै दोस्रो अन्तर्रा्ष्ट्रिय विमानास्थल बाराको निजगढमा शिघ्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । राजपाले निजगढमा विमानास्थल बनाउनु पर्ने कुरामा प्रतिवद्ध रहेको उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ । अनावश्यक रुख नकाट्न, वनस्पति र वन्यजन्तु विनास नगर्न, वनमा निर्भर तल्लो भेगका जनतालाई पानीको समस्या हुन नदिन, नदिनाला र पर्यावरणीय प्रभाव मूल्याकंन गरेर तत्काल निर्माणको काम सुरु गर्न बैठकले ध्यानाकर्षण गराएको छ ।

                             

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...