बम पड्काएर सर्बासाधारण त्रास बनाउने गिरोहका नाईके अंसारी पर्सा प्रहरीको कब्जामा

  • भदौ २८, २०७८
  • ३७५ पटक पढिएको
  • krishna yadav
alt

 वीरगंज २८ सोमबार पर्सा प्रहरीले वीरगंजमा २ वर्षा पहिले सुतली बम पड्काएर जनमानसमा भयत्रास फैलाउने प्रमुख योजनाकार अाज बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले २०७६साल साउन २४ गते वीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्ता बजार , घण्टाघर , वीरगंज २४ रामगढवा ई स्थानहरुमा बम पड्काउने प्रमुख योजनाकारलाई अाज बिहान पर्सा प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नैमा ऊक्त बम पड्काउने प्रमुख योजनाकार जिल्ला पर्सा साबिक रानगढवा गाबिस वडा नम्बर ८ हाल वीरगंज महानगरपालिका वडा नम्बर २४ बस्ने बर्ष ३५ को बिबेक सिंह भन्ने फुलहसन अंसारीलाई प्रहरीले उसको घर नजिकै वाट पक्राउ गरेको छ। पक्राउ परेका बम काण्डका प्रमुख योजनाकार अंसारी बम काण्ड पछि भारतको रक्सौलमा बसेर भारतिय अधारकार्डा अंकित पटेलको नाऊमा अंसारीले नाम परिवर्तन गरि अाधारकार्ड बनाएको र भारतको रक्सौलमा लुकिछुपी बस्दै गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे प्रेस बिज्ञप्ती मार्फत जनाएका छन्। पक्राउ परेका अंसारी २ वर्षा देखि भारतको रक्सौलमा बस्दै अाएको र वीरगंजका उधोगी व्यापारी तथा सर्ब साधारण नागरिकहरुलाई फोन मार्फत धम्काई रकम मागं गरने गरेको र फेरी वीरगंजमा ठुलो घटना घटाउने योजना गरिरहेको अवस्थामा विशेष सुचनाको अाधारमा पर्सा प्रहरीले सोमबार बिहान ४ बजे अंसारीलाई पक्राउ गरेको हो। पक्राउ परेका अंसारी २०६५ साल पुस ७ गते वीरगंज वडा नम्बर १३ बस्ने राजेश क्याललाई गोली हानि हत्या गरने घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धान वाट खुलेको छ। प्रहरी अनुसार २ बर्ष पहिले वीरगंजना भएको बम काण्डमा पर्सा प्रहरीले ३ जनालाई ऊक्त घटना पश्चात् इयुनिस अंसारी , जौवाद अंसारी र सदाम अंसारीलाई पक्राउ गरि पर्सा जिल्ला अदालतमा बुझाए पश्चात् जिल्ला अदालत पर्साले यी तिनै जनालाई जन्हि २ वर्षा ६ महिना कैद र २५ हजार रुपैया जरिवाना फैसला गरेको थियो भने सो बम काणडका प्रमुख योजनाकार अंसारी भन्ने फरार रहेका थिए र उनलाई पनि अाज बिहानै पक्राउ गरि पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...