बाल दिवसको उपलक्ष्यमा बिष्णुपुर गाउँपालिकामा पालिका स्तरीय ब्याक्तित्वकला सम्पन्न

  • भदौ ३१, २०७८
  • ९०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स ३०भदौ,सिरहा ।सिरहाको बिष्णुपुर गाउँपालिकामा पालिका स्तरीय ब्यक्तिकला प्रतियोगिता कार्यक्रम भएको छ । गाउँपालिका अन्तर्गत रहेको विभिन्न तिन वटा संस्थागत र चार वटा सामुदायिक गरि जम्मा सात वटा बिदालयहरुको विद्यार्थी प्रतिनिधिहरुलाइ सहभागी गराइ कार्यक्रम गरेको हो । 20210915_140754 कार्यक्रममा एक स्कुल एक विद्यार्थी प्रतिनिधिलाई समाबेश गराइएको थियो । नेपालको सँघीय प्रणाली स्थानीय सरकार र बाल अधिकार भन्ने शिर्षकमा कार्यक्रम प्रतियोगिता सम्पन्न गराइएको थियो। बिष्णुपुर गाउँपालिकाको वडा न ५ लक्ष्मीपुर सभा हलमा गरिएको सो ब्यक्तिकला प्रतियोगितामा नबोदय स्कुल बिष्णुपुरले प्रथम स्थान हासिल गर्न सफल भएका थिए20210915_162156 भने द डायनामिक सेकेन्ड्री स्कुल बिष्णुरले दोस्रो स्थान20210915_162035 तथा मिथिला सरस्वती अवासिय बिदालयले तृतीय स्थान हासिल गरेका थिए। 20210915_161922 कार्यक्रममा जनता मा बी राजपुरले चौथो स्थान हासिल गर्दै शान्त्वना पुरस्कार पाएको थियो। यस्तै पाँचौ स्थानमा गौरिपुर,छेठौंम लक्ष्मीपुर सातौ स्थामा मा बि थल्हाक्टहा रहेका थिए । कार्यक्रममा दुई वटा शिक्षक प्रतिनिधि र पालिकाको शिक्षा शाखा प्रमुख दिप कुमर यादव गरि जम्मा तीन जना निर्णायक मन्डल मुल्यांकन समिति रहेको थियो। प्रतियोगिता कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महत,गाउँपालिका उपाध्यक्ष अरहुला देबि सिंह शिक्षक प्रतिनिधि बिरेन्द्र कुमार यादव लगायत वडाका जनप्रतिनिधिहरु गोपिन्द्र यादब,राज कुमार यादव राम इश्वर यादव ,द डायनामिकाका प्रीन्सिपल बिष्णु देब यादव शिक्षा शाखा प्रमुख दिप कुमार यादव आदिले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्यको क्रममा पालिका अधिकृत महतले हाल सामुदायिक र संस्थगत बिदालयको शिक्षाको गुणस्तरको बारेमा बताएका थिए।अधिकृत महतले ,आजको ब्यक्तिककला प्रतियोगिता बाट सामुदायिक बिदालयका विद्यार्थीहरुमा अधार कमजोर रहेको प्रष्ट नै भएको भन्दै पालिकाले शिक्षा क्षेत्रलाइ बिकासको प्राथमिकता राख्नु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो ,पालिकाले सामुदायिक बिदालतको ब्यबस्थापन र गुणस्तरीय शिक्षा निर्माणमा चासो न दिए सम्म संस्थागत बिदालय बाट पाउने शिक्षा र सामुदायिक शिक्षा बिच गुणस्तर फरक रहि रह्नने बताए ।कार्यक्रमको अध्यक्षता शिक्षा शाााखा प्रमुख दिप कुमार यादवले गरेको थियो । उहांाँले शिक्षाको आमूल परिवर्तनको बारेमा अवाज उठाउँदै शि शिक्षा बिकासको लागि सबै एक भएर लाग्नु पर्ने बताए । 20210915_142128

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...