सिरहामा नेपाल प्रहरीका घुमुवासँगको सेटिङ्मा तस्करी । लाइन आशंकामा एसपी पाँडेको संलग्नता

  • भदौ ३१, २०७८
  • ५०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

३१ भदौ, काठमाडौं । प्रदेश २ को सिरहा नेपाल भारत सीमा क्षेत्रबाट सेटिङमा तस्करी गर्ने केन्द्र बन्न थालेको छ । सिरहामा नेपाल प्रहरीका घुमुवासँगको सेटिङमा तस्करी बढेपछि प्रदेश २ कै केन्द्र बनेको हो । सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले सीमाबाट मालसामान वारपार गर्ने क्रम बढेपनि त्यहाको एसपी हिराबहादुर पाण्डेले कुनै पनि एक्सन नलिनुले उनको समेत मिलेमतो रहेको आशंका जन्माएको छ । सीमाका सुरक्षाकर्मी र जिल्लाभर परिचालित घुमुवा प्रहरीसँगको सेटिङमा भित्रायाइँदै गरेको ठूलो परिमाणको औषधि गत हप्ता बिहान लहान प्रहरी प्रमुख डिएसपी डा।तपन दाहालले बरामद गरेपछि तस्करीमा प्रहरी नै संलग्न रहेको खुलेको थियो । ‘एसपीले छाड्ने डीसपीले नछाड्ने भएपछि त्यहाँ दुवै जनाको टसल शुरु भएको छ’, प्रहरी स्रोतले भन्यो । स्रोतका अनुसार लहान–भगवानपुर–ठाढी सडक खण्डअन्तर्गत लहान नगरपालिका–१९ कटहा चोकबाट लु १ स ८००७ नम्बरको मेक्सी भ्यानमा राखी भारतबाट ल्याउदै गरेको ७५ लाख ५६ हजार ८ सय रूपैयाँ बराबरको औषधि बरामद गरेपछि एसपी पाण्डे र डा. दाहालबीच टसल शुरु भएको हो । एसपीका घुमुवाको मिलेमतोमा रिकल–केटु–सेभेन नामको औषधि ३५ लाख ९३ हजार ९ सय २० रूपैयाँ, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १ सय ६० रूपैयाँ र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७ सय २० रूपैयाँबराबरको बरामद भएको थियो । उनीहरुले कागजी प्रमाणबिना भारतबाट ठाढी नाका हुँदै ल्याइएका यी औषधि कहाँ लागिँदै थियो भन्नेबारे कसैलाई पनि थाह थिएन । औषधि बोकेको गाडी कसको हो भन्ने पनि अहिलेसम्म प्रहरीले बताउन चाहेको छैन । एसपी पाण्डले सबै विवरण नखुलाउन डिएसपीलाई दबाब दिएको स्रोतले भन्यो । ठाढी नाकामा मूल भन्सार छ । सँगसँगै सशस्त्र प्रहरीका इन्सपेक्टरको कमान्डमा बोर्डर आउटपोस्ट ‘बिओपी’ र सईको कमान्डमा नेपाल प्रहरीका पोस्ट छन । ठाढीबाट चार किलोमिटर उत्तरमा असईको कमान्डमा भगवानपुर प्रहरी चौकी छ । भगवानपुरबाट चार किलोमिटर उत्तरमा सईको कमान्डमा इलाका प्रहरी कार्यालय महेशबारी छ । सो समान सशस्त्र प्रहरीले रोकेको भएपनि एसपीको सामान भन्दै नेपाल प्रहरीका सई आफै सामान छुटाउन गएका थिए । पाँच किलोमिटर उत्तर लहानको अस्पताल चोकनजिकको पार्कमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली बसेपनि त्यहाँबाट पनि मिलेमतोमा छाडेपछि सिरहा लाहान प्रहरी चौकीका प्रमुख डीएसपी दाहालले त्यसलाई बरामद गरेका थिए । ‘बोर्डरबाट तीनवटा प्रहरी पोस्ट र एउटा बिओपी पार गरेर अवैध औषधि बोकेको गाडी लहानसम्म कसरी पुग्यो  ? औषधि बरामद हुनु तर मानिस फेला नपर्नुमा मिलेमतोको शंका छ,’ लाहान प्रहरी चौकीका एक प्रहरीले भने । स्रोतका अनुसार प्रहरी प्रधानकार्यालयबाट एसपी पाण्डे त्यहाँ गएबाटै सीमाबाट तस्करी रोकिएको छैन झन बढिरहेको छ । ‘कोरोनाको आडमा सीमामा तस्करको राज चलेको छ । पारिबाट कपडा, मोटरपार्टस, सुर्ती, राजनिवास गुटखा, रजनिगन्धा, कस्मेटिक्स सामान, तेल, चिनी, लागुऔषध, औषधि, हुन्डी रकमलगायत सबै तस्करी हुन्छ,वारिबाट मटर, चाइनिज स्याउ, मदिरा पारि पुन्छ,’ स्रोतले भन्यो । सीमावर्ती नाका झाझपट्टी, औरही, इटाटार, ठाढी, माडर, कल्याणपुर सबै ठाउँमा सुरक्षाकर्मीका पोस्ट छन । सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको सामान छिराउन बिनासेटिङ सम्भव नभएकाले नेपाल प्रहरीका घुमुवाहरु सेटिङ मिलाउनमै व्यस्त रहेका छन् । तस्करलाई घुमुवा प्रहरीले नै बाटो देखाउँने गरेका छन् तस्करले खाद्य सामग्री, कपडा, मोटर पार्ट्स र कस्मेटिक सामग्री प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर ‘मासिक रकम दिएर’ ल्याइरहेका छन् । नरगी, कुसन्डी, इटाटारबाट तस्करले सामान ल्याउनमा गाडीमा नेपाल प्रहरीका घुमुवालाई समेत बोकेर लाने गरेको स्रोतको दावी छ । साभार : नेपालबहस

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...