बिरगंजमा दुइ हुन्डि कारोबारी पक्राउ

  • भदौ ३१, २०७८
  • ६२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्ण यादव बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाको माईस्थान चौकबाट हुण्डी कारोबार गर्ने २ व्यक्तिलाई ३८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ | प्रहरीले  वीरगंज महानगरपालिका ६ बस्ने वर्ष ४५ का कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने बाराको परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने बर्ष २० का दिपक कुमार सर्राफलाई स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो । प्रहरीले विशेष सुचनाको अाधारमा वीरगंज महानगरपालिका वडा नम्बर ६माईस्थान चौक स्थित कन्हैया प्रसाद सोनारले आफ्नै घरमा संचालन गरेको के.पी.ज्वेलरी भित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने प्राप्त सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सडा पोशाकको टोली एवम क्राईम ब्रान्च प्रमुख प्रहरी नायब निरीक्षक बिनोद सिंहको कमाण्डमा उक्त ज्वेलर्स भित्र रितपुर्वक खानतलासी गर्दा श्रोत नखूलेको नेपाली नगद ३८ लाख ५१ हजार १ सय रुपैयाँ बरामद गरेको हो | बरामद भएका नगद सहित संचालक र काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए |

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...