मनोसामाजिक समस्या र सहयोग शिक्षाबारे सचेतना बढाउने सहजकर्ताहरुको प्रतिबद्धता

  • असोज ६, २०७८
  • ६३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्रा, कपिलवस्तु, असोज ६ कपिलवस्तु र रुपन्देहीका विभिन्न इँटा उद्योगमा संचालित बालविकास तथा सिकाई केन्द्रका सहजकर्ताले बालबालिकालाई मनोसामाजिक समस्या भएकालाई सहयोग गर्ने प्रतिबद्ध रहेको जनाएका छन् । कपिलवस्तु र रुपन्देहीका २२ जना सहजकर्ताको सहभागिता रहेको बालविकास तथा शिक्षा सिकाई केन्द्रका सहजकर्ताका लागि मनोसामाजिक सहयोग, लैङ्गिक हिंसा तथा बाल संरक्षण सम्बन्धि तीन दिवसीय तालिमका सहभागी सहजकर्ताले सो प्रतिबद्धता गरेका छन् । युनिसेफ नेपालको प्रविधिक सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा इँटा उद्योगका सहजकर्ताका लागि तालिम आयोजना गरिएको छ । तालिममा सहभागी सहजकर्ताले बालबालिका र अभिभावकलाई मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण र लैङ्गिक हिंसा बारे सचेत नगराईएकै कारण बालबालिका जोखिममा पर्ने गरेको बताए । तालिममा सिकेका सुचना जानकारी व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको सहजकर्ता लिलादेवीको बुझाई थियो । तालिममा मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण, लैङ्गिक हिंसा न्यूनिकरण, तनाव व्यवस्थापन, घटना व्यवस्थापन र सहयोग प्रणाली स्थापना लगायतका बिषयवस्तुमा मनोविमर्शकर्ता शान्ति पण्डितले सहजीकरण गर्नुभएको थियो । समापन सत्रमा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, कार्यक्रम प्रबन्धक प्रकाश घिमिरे तथा कार्यक्रम अधिकृत अजय चौधरीले कार्यक्रमको सफलता र कार्यान्वन बारे शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...