ओरेक नेपालद्धारा १२८ महिला हिंसाका घटना सार्वजानिक

  • असोज ८, २०७८
  • ७९६ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान ८ असोज । सिरहामा ओरेक नेपालद्धारा १२८ महिला हिंसाका घटना सार्वजानिक गरेको छ । लैङ्गिक हिंसा न्यूनीकरण गर्न ओरेक नेपालद्धारा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रममा यस्तो प्रकारको जानकारी प्राप्त भएका छन।

बिगत २० बर्ष अगाडि देखि सिरहामा ओरेक नेपालले विभिन्न निकाय र सरोकारवालासंगको समन्वय र सहकार्यमा विभिन्न अभियान मुखी कार्यक्रमहरु संचालन गर्दै आएका ओरेक नेपालकी केन्द्रिय सदस्य श्याम कुमारी साहले जानकारी दिनु भयो।

सिरहा जिल्लाको विभिन्न स्थानीय तहमा प्रत्यक्ष रूपमा महिला हिंसा विरुद्धको अभियान जिल्ला भरी नै संचालन गर्दै आएका छन्।ओरेक परियोजना सिरहाले महिलाहरुको क्षमता बिकासको लागी सहजीकरण, महिला,युवा किशोरी, बाल कृषक समुहहरु गठन तथा परिचालन,हिंसा प्रभावितहरुको लागी कानुनी सेवा लगायतका दर्जनौं सेवा र सहयोग गर्दै आएका छन्।

घरेलु हिंसा ६९ जना, बल्तकार १२ जना, बलात्कारको प्रयास ३ जना,यौन दुव्र्यवहार ८ जना,आत्महत्या १ जना छुवाछूत १ जवर्जति १जना लगायतका घटना सरोकारवाला र संचारकर्मीहरुसंग सम्बाद कार्यक्रममा सार्बजनिक गरेका छन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डि एस पि डा. तपन दाहालका अनुसार आफु जतिसुकै राम्रो काम गरे पनी आरोप प्रति आरोप लाग्ने गरेको छ। सिरहाको लहानमा गुटबन्दी र बिचोलीयाहरु निकै नै फस्टाएको बताए। गलत ब्यक्तीलाई कानुनी कारबाही हुनैपर्ने जोड दिएका थिए । गाउँ गाउँ र बस्ती बस्तीमा प्रहरीको पहुँच होस भने मेरो बुझाई छ यसलाई राजनीति मुद्दा नबनाउन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...