सखुवा चोरीमा संलग्न वडा अध्यक्ष कामतीलाई कडा कारबाहीको माँग

  • असोज १९, २०७८
  • ६५४ पटक पढिएको
  • pradesh Times
alt

 १९ असोज, २०७८ सरकारी टाँचा लागेको सखुवाको गोलिया काठ चोरीमा संलग्न रहेको गोलबजार नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामतीलाई नागरिक समाज गोलबजारले कडा कारबाहीको माँग गरेका छन् । गोलबजार नगरपालिका ९ स्थित जोभा प्राकृतिक वनबाट सखुवा काठको घाटगद्दी गरिएकोबाट टाँचा नम्बर ३४÷१ को सखुवा काठ चोरीमा वडा अध्यक्ष कामती कैै संलग्नता रहेको भन्दै वडा अध्यक्ष कामतीलाई हिरासतमा लिई अनुसन्धानको माँग गरेका छन् । नागरिक समाज गोलबजारले सोमबार पत्रकार सम्मेलन गरी करोडौ रुपैयाँभन्दा बढीको सखुवा काठलाई घाटगद्दी गरिएकोमा हाल १० लाख बराबरको पनि काठ नरहेको र असोज ११ गते राती गोलबजार नपाको जेसीबी प्रयोग गरी सखुवाको गोलिया चोरी वडा अध्यक्ष कामती कैै निर्देशनमा भएकोले वन ऐन अनुसार कारबाहीकोे माँग गरे ।

असोज ११ गते राती ९ बजे गोलबजार नगरपालिकाको ना.१.ग. ७०६ नम्बरको जेसीबीमा चालक श्रवण कुमार साहले सखुवा काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा स्थानीयहरुले काठ, जेसीबी र चालक सहित ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको थियो । जेसीबी चालक श्रवण कुमार साहले यसमा मेरो केही दोष नरहेको र मलाई वडा अध्यक्ष कामतीले नै काठ लोड गरेर लैजान भनेपछि लगिदै गरेको भने । ईलाका प्रहरी कार्यालय मिर्चैयाले आवश्यक कारबाहीको लागि काठ, जेसीबी र चालक सहित डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएपछि जिल्ला अदालत सिंराहाबाट दोस्रो पटक म्याद थप गराई अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहानका प्रमुख डिएफओ सुभाषचन्द्र दासले बताए । मिर्चैया सव डिभिजन वन कार्यालयका प्रमुख सत्यनारायण यादवलाई अनुसन्धान अधिकृत भई खटाएको पनि प्रमुख दासले बताए । अनुसन्धान अधिकृत यादवको टोलीले स्थानीयहरुसंग स्थलगत मुचुल्का सोमबार स्थलगत अनुगमन गरेपनि स्थलगत मुचुल्का घटना स्थलमा नगरी अन्यत्र गराइएको स्थानियहरुले बताएका छन् । यसप्रति स्थानीयहरुलाई डिभिजन वन कार्यालय माथि नै शंका रहेको स्थानीयहरुको कथन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...