शुद्धोधन गाउँपालिकामा बालश्रम मुक्त पालिका निर्माणका लागि नगर स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • असोज १९, २०७८
  • ८१८ पटक पढिएको
  • Pradesh Times
alt

 कपिलवस्तु, असोज १९ कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा बालश्रम मुक्त पालिका निर्माणका लागि नगर स्तरीय सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम गाउँपालिकामा सम्पन्न भएको हो। शुद्धोधन गाउँपालिकाको आयोजना, सिद्धार्थ समाजिक विकास केन्द्र, कपिलवस्तु तथा युनिसेफ नेपालको प्रविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा बालश्रमको बिषयबस्तुमा बालश्रम निषेध र नियमित ऐन तथा नियम व्यवस्था,बाल अधिकार,कानुनी प्रक्रिया,स्वास्थ्य सुरक्षा,बालश्रम जोखिम अवस्था,बालश्रम मुक्त घोषणा, तथ्यांक संकलन,कानुनी सुचक र बालश्रम कार्ययोजनाको बिषयमा छलफल भएको थियो। अगामी दिनमा गाउँपालिकालाई बालश्रम घोषणा गर्न अगामी आर्थिक बर्ष ०७९/०८० मा विभिन्न संघसंस्थाको सहयोगमा बजेट व्यवस्था गरि सो आर्थिक वर्ष भित्र बालश्रम मुक्त गाउँपालिका घोषणा गर्नको साथै सोही आर्थिक वर्षमा गाउँपालिकामा बालश्रम घोषणा गर्नको लागि आवश्यक कार्ययोजना तयारी गरि कामलाई अगाडि बढाउने अगाडि बढाउन महिला बिकास शाखा प्रमुख राधिका खनाल पाण्डेलाई फोकल व्यक्ति तोक्ने गरि कार्यक्रम सम्पन्न गरियो। कार्यक्रम गाउँपालिका अध्यक्ष निसार अहमद खाँनको अध्यक्षता, कार्यक्रम सहजीकरण सिद्धार्थ समाजिक विकास केन्द्र को सह सचिव दुर्गा अर्याल, कार्यक्रम सञ्चालन सिद्धार्थ समाजिक विकास केन्द्रको बाल संरक्षण अधिकृत अजय चाैधरी, प्रक्रिया र नीति सम्बन्धि मन्तव्यको क्रममा गाउँपालिका को अध्यक्ष निसार अहमद खाँन,प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद ज्ञवाली,शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा,स्वास्थ्य शाखा प्रमुक असफाक अहमद खाँन,कृषि शाखा प्रमुख,गाउँ पालिका उपाध्यक्ष र प्रशासन अधिकृत लगायत मन्तव्य राख्नु भएको हो । कार्यक्रममा सहभागी गाउँ पालिकाको वडा अध्यक्षहरु, शाखा प्रमुखहरु ,किशोरी अधिकार मञ्चका अध्यक्ष, समाजिक परिचालक,कार्यपालिका सदस्य,पत्रकार रामु यादव र कमल चाैधरी लगायतका उपस्थित रहेको थियो। कार्यक्रम शुद्धोधनगाउँ पालिकाको अध्यक्ष निसार अहमद खाँनले समापन गर्नु भयो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...