प्रदेश टाइम्स/कार्तिक ७,सिरहा। चुनावकै मुखमा हुन लागेको नेपाली काँग्रेसको अधिबेशन वाडा स्तर देखी लिएर हरेक तहमा सहमति सहकार्य बाट नै गर्न नेपाली काँग्रेसकि केन्द्रिय कोषाध्यक्ष सीता देवी यादवले आफना कार्याकर्ताहरुमा आग्रह गरेकी हुन। बितेको दशैं आउन लागेको दिपावली छ्ठ ,सामाचकेवा कार्तिक पुर्णिमाको अवसरमा नेपाली काँग्रेस बिष्णुपुर गाउँपालिका वडा न.२ कार्यसमितिको आयोजनामा शनिबार गरिएको एक शुभकामना अदानप्रदान तथा संगठन सुदृढीकरण सम्बन्धि कार्यक्रममा कोषाध्यक्ष यादवले वाडा स्तरदेखी नै सहमति र सहकार्य बाट हुने अधिबेशनले पालिका,क्षेत्र,जिल्ला, प्रदेश तथा संघीय निर्वाचनमा ठोस उपलब्धि हुने बताएकी हुन।
कोषाध्यक्ष नेत्री यादवले भनिन,हामी आफै आफैमा बिरोधाभाषको कुरा नगरौं ,हामिले एकताबद्ध,एकजुट भएर लाग्नु पर्ने बताइन। माननीय नेत्री यादवले भनिन आउने चुनावमा सिरहाको १७ स्थानीय तह मध्य हाम्रो १० स्थानीय तहमा नेपाली काँग्रेसको जित सुनिश्चित हो। कार्यकर्ताहरुमा बिश्वास व्यक्त गरिन। उहाँले जनताको हरेक पीडा र समस्यामा आफ्नो साथ रहने प्रतिबद्धता गर्दै कार्यकर्ताहरुमा कुशलताको शुभकामना दिएकी थिइन। नेत्री यादवले पुर्व राजपा र हाल जसपाका दर्जनौं कार्याकर्ताहरुलाइ आफ्ना पार्टिमा प्रवेश गराइन।
कार्यक्रममा पार्टी जिल्ला सभापति रामचन्द्र यादव, पदम नारायण चौधरी,गणेश कुमार मण्डल,सुभाषचन्द्र यादव,नागेश्वर भुडेल, प्रदेश सांसद नरेश कुमार यादव, भु.पु.राजपुर गाबिस अध्यक्ष कुसेेेस्वर यादव,
संजय प्रकाश यादव,रामदयाल महतो,अरुन सिहं,नेपाली कांग्रेस बिष्णुपुर गाउँपालिकाको प्रत्यासी राम चन्द्र यादव ,राम सुन्दर चौधरी,राम दयाल यादव,मो.मुख्तार अहम्म्द,अरुन कुमार सिंघ,रमेश न्यौपाने,बिश्वमर महतो,
राम्देब यादव,सौखिलाल यादव,राम नरायन महतो,जयनाथ महतो रामदेव गोसाइ,मुस्लिम संघको जिल्ला अध्यक्ष अख्तर शाकिर,अशेश्वर ठाकुर,पत्रकार राम पुकार यादव,पत्रकार सोनु मिश्रा लगायतका अन्य नेपाली कांग्रेस पार्टीको नेता बक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सभापतित्व जयनन्दन यादवले गरेको थियो भने उदघोषण शिव कुमार साहले गरेको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved