कार्यकर्ता रिहाइको माँग गर्दै सिरहाको बिष्णुपुरमा जनमत पार्टिले गरे मशाल जुलुस, कर्मचारि द्धारा पेनडाउन

  • कार्तिक ८, २०७८
  • १२६८ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स÷सिरहा । कार्यकर्ता रिहाइको माँग गर्दै सिरहाको बिष्णुपुरमा जनमत पार्टिको कार्यकर्ताहरुले मशाल जुलुस प्रदर्शन गरेको छ । कार्तिक ४ गते खानेपानि तथा ढल ब्यबस्थापन आयोेजना कार्यलय जनकपुरको कार्यलय प्रमुखलाई भ्रष्टाचारको आरोपमा अर्धनग्न गरि परिक्रमा गराउने क्रममा पक्राउ परेका जनमत पार्टिको कार्यकर्ताहरुलाई निर्शत रिहा गर्न पार्टी कार्यकर्ताहरुले रिहाइको मांग गर्दै बिष्णुपुरमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

प्रदर्शनमा जनमत पार्टीको कार्यकर्ताहरुले भ्रष्टाचार बिरुद्धका नारा लगाइएको थियो । उनिहरुले अख्तियारले भ्रष्टाचार नियनत्रण गर्न नसकेको स्थानिय तहहरुमा आफुहरु जनकर्वाही प्रक्रिया अगाडि बढाउने कोण सभा गर्दै बताएको थियो । मशाल प्रर्दशन कार्यक्रम जनमत पार्टी बिष्णुपुरको नगर प्रमुख रामचन्द्र यादवको अध्यक्षतामा गरिएको थियो । jfn

यता योजना तथा पुर्वाधार बिकास शाखा बिष्णुपुर सिरहामा कार्यरत कर्मचारिहरुले खानेपानि तथा ढल ब्यबस्थापन आयोेजना कार्यलय जनकपुरको कार्यलय प्रमुख राजेश कुश्वाहालाई जनमत पार्टीको कार्यकताहरुले गरेको कार्य अमानविय रहेको भन्दै कार्तिक ७ गते देखि ९ गते सम्मको लागि पेनडाउन कार्यक्रम गरिएको छ । उनिहरुले नेपाल इन्जिनियर्स एशोसिएसन,प्रादेशिक केन्द्र प्रदेश नं २ को आहवानमा गरिएको शान्तिपुर्ण आन्दोलणको कार्यक्रमहरु प्रति सर्मथन जनाउँदै पेनडाउन कार्यक्रम गरिएको हो । इन्जिनियर्स राजेश कुश्वाहालाई अमानविय दुर्वब्यबहार गरेको भन्दै दोषिलाई कार्यवाहिको लागि योजना तथा पुर्वाधार बिकास शाखा बिष्णुपुरको कर्मचारिहरुले कार्यालय समय बिहान दश बजे देखि दिउँसो दुई बजे सम्म तीन दिनको लागि पेनडाउन गरिएको कार्यालयको इन्जििनियर्सले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...