पसलमा मोवाईल चोर्ने चोर सहित चोरीको मोवाईल किन्ने पसलेहरु पक्राउ

  • भदौ ३०, २०७६
  • ९५७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिष्णुपुर भदौ २९– गोलबजार नगरपालिका ४ स्थित राजु इन्टरप्राइजेज (मोबाइल पसल) बाट मोबाइल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। अर्नामा गाउँपालिका ३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, सोही वडा ब्रहम्पुरी टोलका ३६ वर्षीय बिन्दुकुमार महतो र ३२ वर्षीय अरुणकुमार महतोलाई आइतबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।

भदौ २२ गते उक्त मोबाइल पसलको सटरमाथि रहेको भेन्टिलेसन फुटाएर २ लाख १५ हजार नगद, ३ लाख ५० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, विभिन्न ब्राण्डका ८ लाख ९६ हजार ८ सय रुपैयाँ मूल्य बराबरको ४४ थान मोबाइल गरि १५ लाख ९८ हजार ८ यस रुपैयाँको चोरी गरेको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान तथा खोजतलास सुरु गरेको थियो।

घटनाको ६ दिनमै प्रहरीले चोरीमा संलग्न तीन जनासहित चोरिएका मोबाइल बरामद गर्न सफल भएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। एसपी चतुर्वेदीका अनुसार चोरीमा संलग्न मुख्य आरोपी रामेश्वर साफीको लालपुरस्थित घरबाट विभिन्न कम्पनीका २४ थान मोबाइल, १ लाख ३५ हजार ५ सय नगद र चोरीमा प्रयोग गरिएका औजारहरु बरामद गरिएको छ।

पक्राउ परेका विन्दु कुमार महतोले विष्णुपुर गाउँपालिका १ मा सञ्चालन गरेको मोबाइल पसलबाट चार थान मोबाइल र ६५ हजार ८ सय ६५ रुपैयाँ बराबरको रिचार्ज कार्ड र १४ हजार १ सय ५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अर्का अरुण कुमार महतोले सञ्चालन गरेको मोबाइल पसलबाट ३ हजार बराबरको रिचार्ज कार्ड बरामद गरिएको प्रहरीले जनाए।

उमाप्रसाद चतुर्वेदी सिरहा प्रहरी प्रमुख भएर आएपछि यहाँ अपराधी धमाधम पक्राउ पर्न थालेका छन्। डिएसपी छँदा लहानमा दबंग प्रहरीको छवि बनाएका चतुर्वेदी जिल्ला प्रमुख भएर दोस्रो इनिङमा पनि अपराध र अपराधीविरुद्ध निर्मम रुपमा प्रस्तुत भएका छन्। चतुर्वेदी जेठ १७ गते प्रहरी प्रमुखका रुपमा सिरहा आएका हुन्।

उनी आएपछि सिरहामा लागुऔषध, चोरी तस्करी नियन्त्रण, लैंगिक हिंसा, अपराधविरुद्ध प्रहरी सक्रियता बढेको छ। चालु आर्थिक वर्षमा चोरीका १२ मुद्दा दर्ता भएका छन्। १७ प्रतिवादी मध्ये १२ प्रतिवादी पक्राउ परिसकेका छन्। गत वर्षमा(आर्थिक वर्ष ०७५र७६) चोरीका ६४ मुद्दा दर्ता थिए। ८८ प्रतिवादीमध्ये ६८ मात्र पक्राउ परे। २० जना अझै फरार छन्।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...