सिरहाको बिष्णुपुर गाउँपालिका नेपाली काँग्रेस द्वारा आयोजित आम सभामा प्रमुख आतिथ्य गर्दै नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले अब मधेसमा मधेसको जनजीवन मैलोधैलो नरहने बताएका हुन। नेता पौडेलले मधेसको नाममा ठग्ने पार्टि धेरै छन । मधेसको नरालाइ केबल मन्त्री पदको लागि दाउको रुपमा मात्र प्रयोग गर्नेहरू कम नरहेको बताए।
उहाँले भने आफु कृषि मन्त्री रहदा गाडा हिन्ने अबस्था नरहेको सिरहा जिल्लामा ग्रामीण बिकासको लागि कुलो बाँध निर्माण देखि कमला नियन्त्रण हुलाकि मार्ग निर्माणका कार्य शुरु गरे जसक कारण सिरहामा भौतिक पुर्वाधारको जग तयार भएको छ र यो नेपाली कांग्रेसको यो ठुलो योगदान हो बताए ।
नेता पौडेलले तराई तथा मधेस बिकासको लागि कृषि क्रान्ति औधोगिक क्रान्ति ल्याउनु पर्ने भन्दै तराइ सुधारका लागी गाउँ बस्ती सुधार कार्यक्रम गर्ने लगायत कृषि बिकासको लागि कमला कोशि डाइभर्सन कार्य शुरु गरि यहाँ रहेको सुख्खा जमिनलाइ सिचाइको माध्यम बाट कृषि योग्य बनाउने कार्य शुरु गर्ने भन्दै अब तराइ मधेशको जनजीवन मैलोधैलो नरहने बताए । उहाँले भने हिमालको सौर्न्दर्य ,पहाडको नदिनाला र तराइको कृषिको बिकासबिना समाज र देशको समृद्धि हुन नसकिने बताए । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको जन्मभुमि मधेस नै रहेको भन्दै नेपाली कांग्रेस ,मधेस र लोकतन्त्र यि तिन पर्यावाचि रहेको बताए ।
