छठ पर्वको धार्मिक मान्यता ३६ घंटे नियम निष्ठा

  • कार्तिक २३, २०७८
  • ५६८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिनोद, मण्डल कार्तिक २३ । हिन्दूहरूको महान चाड वडा दशैँको र तिहारको समापन सँगै कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि नेपालको तराई मधेश लगायत छिमेकी राष्ट्र भारतको उत्तरी क्षेत्रमा समेत हिन्दूहरू द्वारा छठ पर्व मनाउने गरिन्छ ।अत्यन्त भक्ति र श्रद्धा पूर्वक मनाइने यो पर्व चार दिनसम्म मनाइने पर्वलाई छठ पूजा , छठीमाई पुजा ,, डाला छठ , सुर्य सस्टी आदि फरक फरक नामले जानिन्छ । यस पर्वमा कठिन तपस्या साथ सूर्यको उपासना बसी मनाइन्छ । यस पर्वमा सूर्यको पुजा आराधना गरी पुत्र ,पति र सन्तानको कल्याणको लागि प्राय महिलाहरु वर्त लिँदै आएको पौराणिक मान्यता पछिल्लो समयमा परिवर्तन भएर पुरुषले समेत यो व्रत लिने गरेको पाइन्छ । हाम्रो समाजमा परापूर्व कालदेखि नैं सूर्यको पुजा गरिँदै आएको छ हिन्दूहरूको पवित्र अग्नि पुराणमा समेत छठ पर्वको बारेमा उल्लेख गरिएको छ । १४ वर्षको वनवास र १ वर्षको अज्ञात बास बसेका अवस्थामा कुन्ती , द्रोपतीसहित पाण्डवले छठ व्रत लिएको कुरा महाभारतमा वर्णन गरिएको छ । कार्तिक र चैत्र महिनामा वर्षको दुई पटक मनाइने छ्ठ कार्तिक छठ महत्वपूर्ण मानिन्छ । त्रेता युगमा सिताकी ममतामयी आमा र आदर्श पुरुष दशरथकी रानीले समेत छठ पर्व मनाएको पाइन्छ । यस पर्वमा नियम निष्ठा ,चोखो , सुध्ता प्रती अत्यन्तै ध्यान दिनुपर्छ । पर्वमा विधि विधान पूर्वक गर्दा पारिवारिक कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । अस्ताउने र उदाउने सुरूलाई पूजा गरिने पर्व बाट समानताको ज्ञान पाईन्छ । निष्ठापूर्वक मनाउने यस पर्वमा उखु ,केराउ ,केरा , मिठाई , नरिवल ,अदुवा , ठाकुवा , भूसुवा लगायतको प्रसाद तयारी गरिन्छ । यस पर्वमा मानिसहरुले घरदेखि तलाउ अर्थात् घाटसम्म सुतेर उठेर अर्थात् दण्ड बसकी गरेर कठोर यात्रा तय गर्ने परम्परा पनि जनकपुर आसपास रहेको छ । त्यसो त भक्तजनले भाकल पूरा भएको खुसीमा नाच पनि नचाउने चलन रहिआएको छ । खासगरी दीर्घ रोग र चर्म रोग निको हुने जनविश्वास रहेको यस पर्वको दिन मानिसहरू अर्थात् भक्त जनले तलाउमा स्नान गर्ने चलन छ । १ छठको पहिलो र दोस्रो दिन - छठको पहिलो दिनलाई अर्वा अर्वाइन अर्थात् खरना भनिन्छ यसलाई नहाय खाय पनि भनेर चिनिन्छ । यस दिन दिनभरि व्रतालुले उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नया चुल्हो र माटोको भाँडा

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...