रौतहट जिल्लाको बौद्धिमाई नगरपालिका वडा नं २ इनर्वामा युवा समुहद्वारा सरसफाई कार्यक्रम समपन्न

  • कार्तिक २३, २०७८
  • ५८३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मेवालाल यादव /रौतहट । बौद्धिमाई-२ इनर्वामा युवा समुहद्वारा सरसफाई कार्यक्रम समपन्न भएको छ। रौतहटको बौद्धिमाई नगरपालिका अन्तर्गत पर्ने वडा नं. २ इनर्वामा नव गठित उज्जवल समाज युवा अभियान रौतहटका युवा समूह अन्तर्गतका जुझारू एवं सामाजिक अभियन्ताहरुका एक समूहले हिन्दुहरुको महान पर्व छठको शुभ अवसरमा एक कार्यक्रम गरि वडा भरिका बाटोघाटोहरु सरसफाई गरेका छन । यसै अन्तर्गत नव गठित युवा समूहले आउदै गरेको आस्थाको पर्व छठ पर्वको उपलक्ष्यमा वडा भरिका मुलबाटोहरुलाई एक कार्यक्रम संचालन गरि सरसफाई अभियान संचालन गरेका थिए । छठ पर्वको यस अवसरमा युवाहरुले आफ्नो निजी लगानीमा वडा भरिका मुलबाटो , धार्मिक स्थल महादेव मंदिर परिसरमा रहेका फोहोरमैलाहरुलाई सरसफाई गरि भव्यताका साथ सरसफाई कार्यक्रम समपन्न गरेका छन । कार्यक्रममा सहयोगिको रुपमा बौद्धिमाई नपाको दोजरलाई प्रयोगमा ल्याइएको थियो भने उपस्थित युवाहरुको समूहले इनर्वा विद्यालय बाधचौक देखी मुलबाटो हुदै स्वास्थ्यचौकी र महादेव मन्दिर हुदै वडा कार्यालय र इनर्वा बजारसम्मका मुलसडक सरसफाई गरेका हुन भने यता इनर्वा पुरवारी टोलको सबै सड़कहरुमा रहेका फोहोरमैलाहरुलाई सरसफाई गरि अभिभावकहरुलाई आफ्नो घर अगाडिको बाटो सफा सुघर राख्न अनुरोध समेत गरेका छन । बौद्धिमाई -२ इनर्वामा नव गठित उज्जवल समाज युवा अभियान रौतहटका युवाहरुले बिगतका केहि दिनदेखि वडा नं. २ इनर्वामा भइरहेको विभिन्न विकृति, विसंगती, गैर सामाजिक,अनैतिक क्रियाकलापहरुको विरोध गर्नुको साथै विभिन्न सामाजिक अवरोधहरु विरूद्ध सुधारात्मक अभियान चलाई समाजलाई अन्धकारबाट उज्जयालो तिर बढाउन तत्पर रहेको देखिएको छ। जसअन्तर्गत वडामा पर्ने विभिन्न सार्वजनिक स्थलहरु विद्यालय, स्वास्थ्यचौकी,मठ मन्दिर लगायत बाटोघाटोका विभिन्न समस्यहरुलाई सकेसम्म उन्मूलन गराउन हरदम तयार रहने समुहका अध्यक्ष अवनीश कुमार पटेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...