कामना सेवा विकास बैंक द्वारा बिद्यार्थीहरुलाई ब्याग वितरण

  • कार्तिक २३, २०७८
  • ६५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सप्तरी, २३ कार्तिक । कामना सेवा विकाश बैंक राजबिराज शाखाले बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका छन् । बैंकको १५ औ बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा तिलाठी कोईलाडी गाउँपालिका वडा नं ७ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय मंसापुरमा बाल कक्षामा अध्यनरत ५५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका छन् । कामना सेवा विकास बैंक प्रदेश नं २ का प्रमुख राकेश सिंहले यस बैंकको बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजबिराज शाखाले ब्याग वितरण गरी यस विद्यालयमा अध्यनरत दलित वस्तीका विद्यार्थीहरु उत्साह जाग्नुको साथै विद्यार्थीहरुको अध्यनमा थप टेवा पुग्ने बताए । साथै विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने यस्ता कार्यक्रमहरु भविष्यमा पनि गर्ने बताए । कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका वडा नं ७ का वडा अध्यक्ष गुलाब प्रसाद सिंह, वडा सचिव शन्त लाल मंडल, वडा सदस्य राम नारायण साह,विद्यालयका प्रअ मदन मण्डलले बैंकले यस दलित वस्तीमा ब्याग वितरण गरेकाले बैंकलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...