प्रदेश टाइम्स सिरहा । नेपालि काँग्रेस सिरहा बिष्णुपुरले बिष्णुपुर गाउँपालिकाको ५ वटै वाडामा आफ्नो वाडा स्तरीय अधिबेशन सम्पन्न गरेको छ।गाउँपालिकाको १ ,,३,४ र ५ न. वडामा शनिबार नै अधिबेशन सम्पन्न गरेको थियो भने वडा न.२ मा शनिबार केहि समस्याका कारण सम्पन्न हुन सकेको थिएन। केहि कारण बस सम्पन्न हुन नसकेको वडा २ को अधिबेशन भने आइतबार बिहानै सात बजे तिर सहमति सहकार्य बाट नै सफल सक्षम उर्जावान सभापति ल्याउन सफल भएको थियो। सहमति सहकार्य बाट नै नन्दकिशोर (बब्लु) यादव लाई सभापतिको लागि चयन गर्न सफल भएको बिष्णुपुर गाउँपालिकाको प्रत्यासि रामचन्द्र यादवले जानकारी गराए।
त्यस्तै वडा न १ मा शम्भु यादव ,३ मा युवा नेता अरुण कुमार यादव ४ मा सौखि यादव र ५ मा भने जगदेब महतोलाई सभापतिको लागि चयन गरिएको नेपाली कांग्रेस बिष्णुपुरले बताए । नेपाली काँग्रेसको १४ औं महाधिवेशन बाट सिरहाको बिष्णुपुर गाउँपालिका वडा न.२ को लागी चयन गरिएको सभापति नन्दकिशोर यादव बब्लुको स्वर्गीय बुवा पनि नेपाली कांग्रेसको १० औं महाधिवेशन बाट क्षेत्रीय सभापतिमा चयन भएको थियो । आफ्नो जागीरे जिवनको अबधि मै २०५१ सालमा नेपाली काँग्रेसको सक्रिय राजनीतिमा हाम फालेको स्वर्गीय चन्द्र देब यादव कांग्रेसको १२ औं अधिबेशन बाट पनि सभापतिको पद सम्भाल्दै अढाई बर्ष नहुदै आकस्मिक निधनको सामना गर्नु परेको थियो । अल्प आयुमै देहान्त भएको थियो । उहाँको बेला सिरहामा ६ वटा निर्वाचन क्षेत्र रहेको थियो र उहाँ सिरहा क्षेत्र न.६ को सभापति हुनुहुन्थ्यो । यतिखेर नेपाली काँग्रेस बिष्णुपुर २ ले स्वर्गीय चन्द्रदेब यादवको ज्येष्ठ छोरा नन्दकिशोर यादवलाइ वडा स्तर बाट सभापतिको पद दिदै राजनीतिमा अगाडि सारेको छ। नव निर्वाचित सभापति यादव ब्यबस्थापन संकाय बाट मास्टर गर्नु भएको छ। बिष्नुपुरको राजनीतिमा शुभ संकेत देखिएको स्थानीय बुद्धिजीवी जय प्रकाश यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved