जुवा तास नियन्त्रण गर्न प्रहरीको छापा,सुखिपुरको एक होटलबाट ५ जुगेरी पक्राउ

  • भदौ ३१, २०७६
  • ४२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा,भदौं ३० गते । सिरहाको सुखिपुर नगरपालिकाबाट जुवा तास खेलाउने होटल संचालक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको गस्ती टोलीले सुखिपुर नगरपालिका वडा नं. ८ स्थित बिबेक सप्लायर्स कोल्ड एण्ड होटलमा तास जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने ४० वर्षीय रंजित साह, ४२ वर्षीय नागेश्वर चौधरी, ५५ वर्षीय राजित साह, ४० वर्षीय राम किशुन महतो र ४० वर्षीय राम बिलास मुखियाहरुको साथबाट २ लाख २१ ह्जार ४ सय ४५ रुपैया, ३ सेट तास र एक थान तन्ना सहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...