सडक डिभिजन कार्यालय,लहानमा व्यापक अनियमिता भएको खुलासा

  • कार्तिक २९, २०७८
  • २७० पटक पढिएको
  • Ram Pukar Yadav
alt

सिरहा २९ कार्तिक । सडक डिभिजन कार्यालय,लहानले व्यापक अनियमिता गर्न थालेको खुलासा भएको छ । सडक मर्मत, सडक कालोपत्रे, कार्यालय संचालनमा समेत अनियमिता गर्न थालेको छ ।

निर्माण व्यावसायीसँगको मिलोमतोमा टेन्डरमा आवश्यकता बजेटमा कमिशन लिएर कमसल काम गराउँदै आएकोले नागरिक अधिकार मञ्च लहान आपत्ती जनाएको छ । निर्माण व्यावसायीको मिलोमतोमा सडक निामार्णको काम गुणस्तरहीन गर्न थालेपछि नागरिक अधिकार मञ्च आन्दोलन गर्ने तमसिएको छ । सिरहाको गोलबजार नगरपालिका ६ स्थित गोलचक्रदेखि उत्तर लामा टोल सम्म ७ सय मिटर लम्बाई र ११ मिटर चोडाई सडक कालोपत्रे कार्यमा डिभिजन कार्यालय लहान र विकास निर्माण सेवा, मिर्चैयाको मिलोमत्तोमा गुणस्तरहीन काम भइरहेको स्थानीयको आरोप छ ।

स्थानीय गोविन्द विष्टका अनुसार सव वेश, ग्राइभेल, बेस र प्राइमकोट लगायतको काम गुणस्तरहीन गरिएको छ । माटो, बालुवा र गेगर मिसिएको ग्रइभेल हुनुपर्ने भएपनि नजिकैको खेतबाट माटोको मात्रा बढी भएको ग्राइभेल लगाएको बताए । उनले केही भागमा गरेको कालोपत्रे पनि कतिपय ठाउँमा उपक्नि थालेको बताए । कामको गुणस्तरको विषयमा कुरा उठाउँदा उठाउँदैपनि ठेकेदारले पेलेरै काम गरेको स्थानीयको भनाई छ । ‘हामीले अन्य ठाउँमा भएको सडकको काम जस्तो नदेखिएपछि कुरा उठाउँदा उठाउँदै जवरजस्ती गरे, हामीले रोक्न खोज्यौं तर उनले हाम्रो कुरै सुनेनन्; स्थानीय संतोष साहले गुनासो पोखे । साहका अनुसार ‘सव वेस र वेसमा माटोको मात्रा बढी देखिएकोले हामिले पटक–पटक इनिजिनियर तथा ठेक्केदार कम्पनिलाइ समेत जानकारी गराउदा कुनै टेरपुछ्र नलगाइ माटोमै प्राइम हालेको छ ।’ उनले थपे प्राइम उपकेर माटो धुलो भएको छ त्यसैमाथि कालोपत्रेको काम भईरहेको छ ।

सडक निर्माण कार्य गुणस्तरहीन भएकोले स्थानियहरुको व्यापक बिरोध पश्चात सडकका साइड इन्जिनियर चन्द्रकान्त चौधरी निर्माण स्थल पुग्दा उनले पनि काम गुणस्तरहीन भएको स्वीकारे । उनले, ‘यो निर्माण कम्पनिको सरासर लापर्वाही हो, राम्रोसँग वेस नगरीएको र प्राइमकोट पनि गुणस्तरिय नभएको भन्दै तत्काल काम रोकि लगाइने बताए । इन्जिनियर चौधरीका अनुसार अनुमति विनानै ठेक्केदारले हतार–हतार पिच गर्ने गरेको छ, यो उसको बदमासी हो । उनले आफू अन्य कार्य व्यस्तकाका कारण यहाँ आईपुग्न सकेका कारण केही त्रुटि भएको भन्दै तत्काल काम अगाडी नबढ्ने बताए ।

सडक डिभिजन कार्यालयले आ.व.२०७७÷०७८ मा उतm सडक निमार्णका लागी ५ करोडको ठेक्का आव्हन गरेको डिभिजन कार्यालयका प्रमुख रामकुमार देवले जनाएको छ । उनले सडक निमार्णका लागि सिरहाको विकास निमार्ण सेवा र जेएन एसको जेभिमा ४५ प्रतिशत विलोमा टेन्डर स्वीकार गरेको जनाए । पाँच करोडको ठेक्का ठेक्केदारले सहजै रुपमा २ करोड १९ लाखमा कवुल गर्नु र कमसल कार्य काम गरेतापनि कार्यालयले निगरानी नगर्नु ‘मिलोमतो’ को गन्ध देखिएको स्थानीयको भनाई छ ।

डिभिजन कार्यालयको अधिकाशं ठेक्का विकास निमार्ण सेवा मिर्चैयाले नै लिनुले कार्यालय र ठेक्केदार कम्पनीको मिलोमतो रहेको पुष्टि गरेको बताइन्छ । यता ठेक्का पाएका विकास निमार्ण सेवाका प्रोप्राइटर ठेक्केदारले आफुले स्टिमेट अनुसार नै काम गरेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...