साना किसान सहकारी भवानीपुरको १२ औ साधारण सभा सम्पन्न

  • कार्तिक २९, २०७८
  • ३५४ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान २९ कार्तिक । साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्र ध को १२ औ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

प्रदेश २ का प्रदेश सभा सदस्य माननीय लगन लाल चौधरीको प्रमुख आतिथ्यिमा समप्न्न कार्यक्रममा माननिय चौधरीले भने सहकारी एक एक पैसा जम्मा गरने थलो हो जसमा गाउँघरमा छरीएको रहेको सानो सानो रकम जम्मा हुने गर्दछ र त्यही रकम आज एउटा ठुलो धनराशीको रुपमा परिणत भई ऋण लगानी गर्ने गरेका छौ । यसलाई सहि ढंग र सहि ठाउँमा लगानी गर्नु पर्ने हुन्छ ।

कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहेका सिरहा धनगडीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीले भने साना साना किसान आवद्ध सहकारीमा ऋण लगानी तथा असुलि मात्र गरेर पुग्दैन यसमा उत्पादन मुलक कार्यमा पनि लगाउनु पर्ने हुन्छ । उत्पादन मुलक तथा व्ययसाय मुलक कार्यमा लगानी गर्नमा नगरपालिका पनि सहकार्य गर्न तयार रहेको नगर प्रमुख चौधरी बताए ।

सहकारीका १ सय ४४ वटा समुह मध्ये १ सय ३६ महिला र ८ पुरुषको समुह रहेको साथै ७ सय तिन जना सदस्य मध्ये ६ सय ७५ महिला र २८ जना पुरुष सदस्य रहेको सहकारीका अध्यक्ष मागैन महतोले बताए ।

कार्यक्रममा विभिन्न राजनितिम दलका प्रतिनिधि, विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधि तथा विभिन्न वडाका वडा अध्यक्षले आ आफना मनतव्य राखेका थिए । कार्यक्रममा विभिन्न तह तपकाबाट सहयोग गर्ने १२ जना सष्टाहरुलाई सहकारीले दोसल्ला आढाई समान गरेका थिए ।

कार्यक्रम सहकारीका अध्यक्ष मागैन महतोको अध्यक्षतामा समपन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...