मारुती सिमेन्ट सहित ३ सिमेन्ट गुणस्तर हिन बिक्री वितरणमा रोक्

  • मंसिर २, २०७८
  • ५८० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स ,सिरहा, ०२ मंसिर । गुणस्तर तथा नापतौल विभागले तीन उद्योगको सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा कम गुणस्तर पाइएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण दिन समेत पत्राचार गरेको छ । ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरुप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण सोधिएको विभागले जनाएको छ । ‘सिराहाकाे गाेलबजार नगरपालिका ९मा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर पुगेन,’ विभागका महानिर्देशक विश्वबावु पुडाशैनीले भने, ‘कम्पनीले ४३/५३ ग्रेड भएको दाबी गरेपनि त्यो देखिएन ।’ पुडाशैनीका अनुसार मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो । यस्तै, जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको थियो । ‘सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम हुनु हो,’ उनले भने, ‘मारुतीको ओपिसी ४३ ग्रेड, युनाइटेडको ओपिसी ग्रेड ५३ र जगदम्बाको पिपिसीको बिक्री बितरण रोक्न पत्राचार गरेका छौं ।’ ती कम्पनीहरुलाई गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने उनले बताए । गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि विभागले निर्देशन दिएको छ । त्यस्तै विभागले धनुषाको जानकी केवल इन्टरनेट कम्पनीलाई ०.७ एमएम स्क्वायर र १ एमएम स्क्वायर पिभिसी केवलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ । सो केवल नेपाल गुणस्तरबमोजिम नरहेको जनाउँदै विभागले उल्लेखित साइजको पिभिसी बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । बाराको ग्यास वान नेपाललाई पनि स्पष्टीकरण सोधिएको छ । सो ग्यास उद्योगले सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, सिभिटी मेसिन नभएको, सिलिण्डर धुने व्यवस्था नभएको लगायतका मापदण्ड पुरा नगरेको जनाउँदै बोटलिङको कार्य बन्द गर्न विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...