कानुन तथा न्याय प्रदेश मामिला मन्त्रीमा प्रमोद यादव

  • मंसिर ३, २०७८
  • ७१९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा । नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुन सहमत भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय लिएर नेकपा एस सरकारमा जाने भएको हो ।यसअघिदेखि नै सरकारमा जाने भने पनि मन्त्रालय भागबण्डा नटुंगिदा नेकपा एस सरकारमा सहभागिता अन्योल बनिरहेको थियो । मन्त्रालयको टुंगो लागेपछि नेकपा एसले संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहा) लाई मन्त्री बनाउने निर्णय गरेको छ ।महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको छ । यसको पुष्टि मन्त्री बन्न लागेका संसदीय दलका नेता महतोले गरेका छन् ।एउटा राज्यमन्त्री दिने सहमती भए पनि तत्काल सपथग्रहण नहुने बुझिएको छ । मंसिर ५ गते आइतबार दिउँसो २ बजे नयाँ मन्त्रीको सपथग्रहण समारोह राखिएको प्रदेश सरकार स्रोतले जनायो ।मुख्यमन्त्री लालबाबु राउतले नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...