शिक्षा सम्बन्धी भएका समस्याहरूलाई समाधान गर्न शिक्षा र हाम्रो प्रतिवद्धता विषयक अन्तरक्रिया कार्यक्रम

  • भदौ ३१, २०७६
  • ३८४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

गुणस्तरिय शिक्षा सम्बन्धी भएका समस्याहरूलाई समाधान गर्न शिक्षा र हाम्रो प्रतिवद्धता विषयक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।5d511e8b-1a81-3cc5-a0dd-c545326747c8_1568678213

नगर सुधार समिति नगरपालिका सुखीपुर र शिक्षक कर्मचारी परिवार सुखीपुरको संयुक्त आयोजनामा स्थानीय समुदायको शिक्षा, विद्यालयका लागि सम्बन्धित निकायलाई जिम्मेवार तथा जवाफदेही बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

सुखीपुर नगरपालिका २ स्थित श्री राम जानकी माध्यमिक विद्यालय (प्राविधक) छजनामा कार्यक्रम सञ्चालन भएपछि यस विद्यालयमा शिक्षाको अवस्थामा सुधार गर्न, विद्यार्थीहरूको भर्ना दर वृद्धि गर्न, विद्यार्थीहरूको आठै घण्टी नियमित पढाई तथा विद्यालयको भौतिक विकासको भौतिक संरचनाहरूको कमीले गर्दा गुणस्तरिय शिक्षा उपलब्ध गराउन समस्या रहेकोले कार्यक्रमको प्रभावबाट चाँडै नै सबै जना सहयोग हात बनेर सुधारमा ल्याउने उपस्थित सबैले प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रम सञ्चालन भएपछि शिक्षाको अवस्थामा सुधार अझै गर्नुपर्ने देखिएको छ भने विद्यायलमा शिक्षा सम्बन्धी भएका समस्याहरूलाई समाधान गर्न सहयोग पुगेको छ ।
कार्यक्रममा विद्यालयका प्रधानअध्यापक राम प्रताप यादबले विद्यालयमा अब पहिलेको जस्तो छैन, धेरै सुधार हुनुका साथै विद्यालय बालमैत्री वातावरण बनाउदै बालबालिकालाई गुणस्तरिय शिक्षा दिनका लगि आफूसहित विद्यालय परिवार प्रतिवद्ध भएको बताए ।

कार्यक्रममा पूर्व प्रधान अध्यापक राजिव लोचन यादव, नेकपाका जिल्ला सदस्य राम चन्द्र यादव, विद्यालय ब्यवस्थापन समितिका सदस्य विष्णु देव साह, सुखीपुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य सीता शरण दास, समाजावदी पार्टीका जिल्ला सदस्य राम शरोवर यादव, नेकपाका युवा नेता रामशुभे यादव तथा विभिन्न पाटीका प्रतिनिधी, शिक्षक तथा वुद्धिजिवी लगायतले बोलेका थिए ।

कार्यक्रमको उद्घोषण शिक्षक श्याम कुमार यादव गरेको थियो भने नगर सुधार समिति नगरपालिका सुखीपुरका अध्यक्ष विपि भुवन यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...