प्रहरी उपरिक्षक पाण्डेलाई लाई अलौ बासिले एक कार्यक्रमका बिच गर्‍यो बिदाई

  • मंसिर ८, २०७८
  • ३८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्ण यादव  वीरगञ्ज, ८ मंसिर । पर्साबाट सरुवा भएका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डेलाई अलौ बासिन्दाले सम्मान तथा विदाई गरिएको छ । प्रहरी उपरीक्षक पाण्डेको पर्सावाट प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा व्यवस्थापन महाशाखा नक्साल काठमाण्डौमा सरूवा भएको छ। कार्यक्रममा बोल्दै युवा नेता संजु छतकुलीले वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ टोलको बासिले प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जनतासंग सहकार्य गरि शान्ति सुरक्षा अाफ्नो अवधि भरि राम्रो कायमै गरेको हुनाले हामी सबै टोलबासिले सम्मान गरि बिदाई गरेको बताउनुभयो । त्यसै गरि बुथ सभापति शिवम् लामिछाने उहाले सिधै जनता संग सरोकार राखि सरहानिय काम गरेको बताउनुभयो । लामिछानेले यसरीनै सहकार्य गरि अाउने दिनमा प्रहरीले काम गरे भन्ने समुदायमा प्रहरीलाई सम्मान हुनेछ। छतकुलीले कार्यक्रम सम्पन्न गर्दै प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेलाई दोसल्ला ओढाई , फूलमाला पहिर्‍याई बिदाई गरेको हो । पर्सा जिल्लामा रहेर पर्सेली जनताको शान्ति सुरक्षा सदभाव सेवा र उत्थानमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौले बिदाई गरेको जानकारी दिनु भयो । उक्त सम्मान तथा विदाई कार्यक्रममा नेपाल काग्रेसका वडा नम्बर १७ अलौका सभापति शिवम लामिछाने ,प्रदेश २ (ख) का सभापति शैलेन्द्र उपध्याय समाजसेवी दिपक बस्नेत , नेकपा संस्कृतिक महासंघका केन्द्रीय सदस्य दिनेश चौहान , सञ्चारकर्मी शेखर छतकुली सहितको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...