यसको प्रमुख कारण नेतृत्व बिहीन मधेशी नेता हो। आफनो ज्यानको बाजी लगाई ६ महीनासम्म आफ्नो काम धन्धा छोडेर, आफ्नो परिवारको परवाह नगरी आंदोलन गर्यो। तर जून सपना देखाएर या भनौं जून सपना देखेर जनताले आंदोलन गर्यो त्यों सपना एकदिन मैं उपेन्द्र यादव तथा रापजा पार्टिले चकनाचूर गरी दियो। दर्जनौं सहीद भये त हजारौ घायल भये, हजारौ माथि मुदा लाग्यो।
आज पनि कतीजना अस्पतालमा आफ्नो इलाज गराई रहेको छ भन्ने धेरै माथि अदालती कार्यवाही चल्दैछ। सनी देओल को दामिनी फिल्म जस्तै तारिखमा तारीख, तारिखमा तारीख दिदैछ र अदालत दौडदै छ। ई महान मधेशी आंदोलनकारीलाई मधेशी नेताले चिन्न पनि छोड़ी सकेको छ। मदेशी नेतासँग सहयोग माँगन जांदा मदेशी नेताको जवाफ हुन्छ तिमि को? म चिन्दिन तिमिलाई।
जनता यसकारन द्विबधामा छ की अब अशोज ३ संबिधान दिवश मनाउने की कालो दिवश मनाउने? अशोज ३ लाई संबिधान दिवश कसरी मनाउने? जून संबिधान जनतालाई मारेर, बन्दुकको भरमा लेखेको हो। जसमा मधेशी, मुस्लिम, थारू, जनजाति तथा पिछड़ा वर्गलाइ उपेक्षा गरिएको छ, सम्मान अधिकार दिएको छैन। जून संबिधानको बिरोध गर्ने आफ्नै दाजुभाई, दीदी बहिनी सहीद भये।
अशोज ३ लाई कालो दिवश पनि कसरी मनाउने? जब आफ्नै नेता बिकाउ, सत्ताको लोभमा संबिधान स्वीकार गरी सकेको छ। प्रदेश-२ मा समाजबादी तथा राजपा पार्टी ( मधेशी पार्टी) को सरकार छ। प्रदेश सरकारले ३ दिनको कार्यक्रम सहित संबिधान दिवश मनाउने घोषणा गरी सकेको छ। समाजबादी तथा रापजा पार्टीका अध्यक्ष ज्यूहरुको निर्लज्जता त हेर्नु ? एकातर्फ समाजबादी पार्टीका पदमा बसेका नेता संविधान दिवश मनाउने त अर्को तर्फ पार्टिले न संबिधान दिवश मनाउने न कालो दिन मनाउने घोषणा गर्या छ। त्यस्तै राजपाका पदमा बसेका नेताले संबिधान दिवश मनाउने त बांकीले बिरोध दिवश मनाउने घोषणा गरेको छ। कस्तो राजनीती हो यो? अहिले पनि दुबै मदेशी पार्टीबाट जनतालाई मुर्ख बनाउने काम भईरहेको छ। तसर्थ अब जनतालाई आफै सोचने र सचेत रहने दिन आई सकेको छ।
जय नेपाल, जय मदेश, जय जनता।।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved