महिला हिंसा बन्द गर्न तिन वटै तहले लाग्नु पर्ने मन्त्री यादव

  • मंसिर १०, २०७८
  • ६१३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बद्री नारायण यादव सिरहा, १० मंसिर । प्रदेश नं.२ का कानून, न्याय तथा प्रदेश मामिला मन्त्री प्रमोद यादवले देशको विभिन्न ठाउँमा हुने गरेका महिला हिंसा अन्त्य गर्न तीनवटै तहका सरकारले लाग्नुपर्ने बताए । ३० औं महिला हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा बोल्दै त्यस्तो बताएका हुन् । समाजमा महिलामाथि हुने गरेका हिंसालाई न्यूनीकरण गर्ने अभिप्रायले गैरसरकारी संस्थाहरुले गर्दै आएको क्रियाकलाप स्वागत योग्य रहेको उनले औल्याए । देशको शासन व्यवस्था परिवर्तन भएर संघीय प्रणालीमा गएको अवस्थामा संघ, प्रदेश र स्थानीय गरी तीन तहमा रहेको सरकारले अन्य विषयबस्तु सरह महिला हिंसा अन्त्यका लागि क्रियाकलाप गर्नुपर्ने उनले धारणा व्यक्त गरे । ‘१६ दिने अभियान एक औपचारिक रहेको हुनाले यसलाई सबैले मिलेर सफल पार्नुपर्ने हुन्छ,’उनले भने,‘अभियान १६ दिन मात्र नभई महिलामाथि हुने गरेका हिंसा अन्त्य गर्नका लागि ३ सय ६५ दिने अभियान चलाउनुपर्ने हुन्छ ।’ उनका अनुसार हिंसाले कसैलाई हित नगर्ने भएकोले त्यसलाई अन्त्य गर्न सबैले आ–आफ्नो ठाउँमा सहयोगकारी भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । महिला माथि हुने हिंसा अन्त्य गर्नका लागि हुने हरेक खाले क्रियाकलापमा प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । हिंसाले समाजलाई बेफाइदा पु¥याउदै आएको हो भन्ने कुरा विगतका घटनाक्रमले प्रष्ट पारिसकेको हुनाले महिला माथि हुने हिंसालाई अन्त्य गर्न सबैले आ–आफ्नो ठाउँमा सहयोगकारी भुमिका खेल्नुपर्ने सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादवले बताए । हिंसामुक्त समाज निर्माण गर्न हुने हरेक खाले क्रियाकलापमा भाग लिन र सहयोग गर्न सिरहा नगरपालिका सदैव तयार रहेको उनले प्रतिबद्धता जनाए । पिडितलाई कानूनी तवरले सहायता गर्दै दैनिक प्रशासनिक कार्य गर्दै गराउदै आएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए । महिलामाथिको हिंसा मात्र नभई समाज हुने गरेको कुनै पनि हिंसा वा हिंसाजन्य क्रियाकलाप हुनु राम्रो नभएको बताउदै उनले भने, ‘हिंसा गर्नेलाई कानूनी कारवाही गर्न कुनै कसर बाँकी राखिने छैन् ।’ जिल्ला प्रहरी कार्यालय सिरहा, जिल्ला समन्वय समिति, सिरहा नगरपालिका तथा जिल्लामा क्रियाशिल रहेका संस्थाहरुको संयुक्त आयोजनामा १६ दिने महिला हिंसा विरुद्धको अभियान सुरु भएको छ । जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल बार एशोसिएशन सिरहाका अध्यक्ष बीरेन्द्र कुमार सिंह, दलित जन कल्याण युवा क्लब लहानका कार्यकारी निर्देशक विनोद विसुन्के लगायतले अभियानको महत्व र आवश्यकताबारे चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...