पुर्व गाविस अध्यक्ष चौधरी माओवादी केन्द्रमा प्रवेश

  • मंसिर १३, २०७८
  • ३३८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान,१३ मंसिर । सिरहाको धनगढीमाई नगरपालिका वडा नं२ स्थित भवानीपुरका पुर्व गा वि स अध्यक्ष गहुमलाल चौधरीको सम्पूर्ण टिम लगायत सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

आज नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी उहाँहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादीको वैचारिक सैद्धान्तिक र काम गर्ने शैलीप्रति आकर्षित भई माओवादीमा प्रवेश गरेको पूर्व अध्यक्ष गहुमलाल चौधरीले बताउनुभयो ।

आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं।२ का सह इन्चार्ज विश्वनाथ साह, केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमख हरिनारायण चौधरी लगायतले फुल माला र अबिर लगाई पार्टी प्रवेश गराउनुभएको हो ।

पूर्व अध्यक्ष गहुमलाल चौधरीसँगै स्थानीय युवा नेता सुजित चौधरी, ज्ञानदिप चौधरी, जसकरण साह, अरविन्द मण्डल, लखन मण्डल, जनककुमारी चौधरी, लखन मण्डल, जीवछ महतो, सुरेन्द्र प्रसाद चौधरी, विरेन्द्र कुमार चौधरी, सोमा चौधरी लगायत सयौं जनाले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...