सिरहाको मुसहरनियामा भन्सार छलिका दुई ट्रक

  • मंसिर १४, २०७८
  • ३२८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

लहान, १४ मंसिर । भन्सार छली गरी नेपाल ल्याएको दूई वटा ट्रक सिरहाको धनगढीमाई नगरपालिकामा फेला परेको छ । भन्सार छली गरी करीब बर्षोदेखि धनगढीमाई न पा ९ मुसहरनियाको एक आँपको फुलवारीमा राखिएको छ ।

भन्सार छलीको ट्रकवारे जिल्ला ट्राफिक कार्यालय लहानलाई जानकारी भए लगतै मंसिर १३ गते दिउँसो १।३० तीर प्रहरीले सो स्थलमा पुगेका थिए । त्यस लगतै भन्सार कार्यालय खैरटोका सिरहालाई जानकारी भए । माडर भन्सारले एक बर्षभित्र यस्तो ट्रकको भन्सार नकाटेको बताए ।

त्यस लगतै जिल्ला ट्राफिक कार्यालय लहानबाट इन्स्पेक्टर दानबहादुर मिरिँगचिँग त्यस ट्रक भएको स्थलमा पुगे । ट्राफिक इन्स्पेक्टर ४ बजेतीर त्यहाँ पुग्दा भन्सारको कागजात नभएको देखियो । त्यसपछि मंसिर १३ गतेकै मितिमा दिउँसो ५ बजेर १९ मिनेटमा काटिएको रसिद सहित इन्स्पेक्टर मिरिँचिँगलाई थमाएको छ । इन्स्पेक्टर मिरिँचिँगले साँझ ७ बजेतीर पत्रकारलाई सो रसिद इमेल गरेको छ ।

बर्षोदेखि भन्सार छली गरी राखिएको ट्रकको जाँच पडताल हुँदा विरगन्ज भन्सारले घुस लिएर भन्सार काटिएको स्थानीयको दावी छ । विरगन्ज भन्सार नपुगेका ट्रकको भन्सार कसरी काटियो रु स्थानीयले प्रश्न गरेको छ । भन्सार कार्यालय विरगन्ज सम्पर्कविहीन बनेको छ । उक्त आर जे १९ ई १४२८ र आर जे ०६ ई ए ओ ८८९ नम्बर बोर्डिङ्ग गाड्ने दुई वटा ट्रक राखिएका छन् । प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रकको भन्सार छली भएको रहस्य खुलेको छ ।

धनगढीमाई नगरपालिकाका उपमेयर फुलकुमारी श्रेष्ठको घर उत्तर पश्चिम छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको आँप गाछी भएको जग्गामा उक्त ट्रक राखिएको छ ।

नाम नखोल्ने शर्तमा एक जना स्थानियले भने उक्त ट्रकलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संलगनता छ , ’त्यसैले सत्य तथ्य छानविनका लागि प्रहरी प्रशासनलाई चुनौती छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...