बेबारिसे बच्चाको प्रहरीद्धारा उद्दार

  • मंसिर २४, २०७८
  • ४६० पटक पढिएको
  • बिनोद मन्डल
alt

प्रदेश टाइम्स सम्बाददाता  मंसिर  । सिरहाको धनगढीमाई नगरपालिकाको जीरोमाइल बारियरपट्टी सडकखण्डमा जीरोमाइल देखि करिब ३०० मीटर दक्षिण सडकको पूर्वी छेउमा घारीमा फालिएको अवस्थामा नवजात करिब ४ दिनको शिशु कपडामा बेरेर फालिएको अवस्थामा रोइरहेको बखत मिति २०७८/८/२२ गते रातको करिब ७.३० को समयमा रोइरहेको बखत सडकमा हिँडिरहेको दुई पैदल स्थानियले बच्चाको आवाज सुनेर होहल्ला गरेपछि स्थानियले बच्चालाई घारिवाट बाहिर निकाली ईलाका प्रहरी कार्यालय धनगढी सिरहालाई खवर गरेका थिए । बच्चा शिशु भएकोले तत्काल प्रहरीले उक्त शिशुलाई स्थानिय नैनपुर अस्पतालमा भर्ना गराएका थिए भने शिशुलाई तत्काल आमाको रूपमा स्याहार धनगढीमाई ४ जयपुर टोल निवासी २६ वर्षीया मनिषा कुमारी ठाकुर (बरही) ले गरेकी छिन् । बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ भने बच्चालाई भर्खर जन्मिँदा लगाइने लुगा लगाइएकोले नवजात शिशुको पहिचानबारे डाक्टरहरुले विभिन्न अनुमान लगाइरहेका छन् । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय धनगढीले अनुसन्धान भइरहेको जनाएको छ भने स्थानिय अस्पतालमा शिशुको पालन पोषण गर्ने उद्देश्यका लागि दर्जनौं निसन्तान दम्पती अस्पताल परिसरमा पुगेका थिए । शिशुका सम्बन्धमा कानुनी प्रक्रिया बुझ्न जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका पत्रकार विनोद मण्डललाई प्रहरी प्रमुखले कानुनी प्रक्रिया बिना शिशु कसैलाई पनि हस्तान्तरण गर्न नमिल्ने बताउनु भएको छ भने निमित्त प्रमुख जिल्ला अधिकारीले तत्काल शिशुलाई पालनपोषण गर्ने दम्पतीको निवेदन बुझ्न मातहतका प्रशासनलाई निर्देशन गर्नुभएकाे छ । यता जिल्ला वकील कार्यालय सिरहाका अनुसार अदालती प्रक्रिया पूरा गरेर मात्र शिशु लैजान पाउने बाताएका छन् । जे होस् पुरुषको बदमाशिको कारण अहिले नवजात शिशुले भोग्दै आएको सास्ती र पीडाको चौतर्फी आलोचन हुनुका साथै दोषीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...