बरियापटट्टि गाउँपालिकाको कर्मचारी आन्दोलित अनुभक्त चौधरी सिरहा

  • पुस ६, २०७८
  • ४१६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा,पुस ६ गते । निर्वाचितहरुबाटै आफूहरु असुरक्षित भएको भन्दै सिरहास्थित बरियारपट्टि गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले भोलिदेखि कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेखा कुमारी यादव र उनको श्रीमान पवन यादवले राजश्व बाँडफाँड शिर्षकको एघार लाख रकम निकासाको दवाव दिएपछि कर्मचारीहरु कार्यालय बन्द गर्ने निर्णय गरेको हो । कार्यालयका प्रमुख शम्भु प्रसाद चौधरीले कामै नगरी जबरजस्ती कानुन विपरित रकम निकासा दिन आफूलाई दवाव दिंदा रकम निकासा गर्न नमानेपछि गाली बेइज्जती गर्दै कुटपिट गर्नेसम्मको धम्की दिएपछि वाध्य भएर कार्यालय बन्द गर्ने निर्णय गरिएको जनाउनुभयो । लेखा प्रमु्ख विजय कुमार ठाकुरले उक्त शिर्षकको रकम कानुनी अनुसार एकै चोटी दिन नमिल्ने वताउँदा वताउँदै उपाध्यक्ष रेखा कुमारी यादव र उनका श्रीमान पवन कुमार यादवले जबरजस्ती रकम निकासाको दवाव दिंदै अपशब्द प्रयोग गरेको कारण कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयो । कर्मचारीहरुले आफूहरुले न्यायको लागि सम्बन्धित निकायमा समेत जाने उल्लेख गरेका छन् । गाली बेइज्जती गर्नेहरुलाई कार्वाही नहुन्जेलसम्मको लागि आफूहरु कार्यालयमा उपस्थित नहुने बताएका छन्् । घटना सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोसँग सम्पर्क गर्न खोज्दा उहाँसँगको सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...