सिरहामा कोभिड-१९ ब्यबस्थापन सम्बन्धि दुई दिने हेल्थ डेस्क अभिमुखिकरन कार्यक्रम

  • पुस ८, २०७८
  • ११०० पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/सिरहा । नेपाल लगायत विभिन्न मुलुकहरुमा अमिकर्न भाइरस फैलिदै गर्दा सिरहामा कोभिड-१९ ब्यबस्थापन सम्बन्धि दुई दिने हेल्थ डेस्क अभिमुखिकरन कार्यक्रम संचालन भएको छ।बिश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड-१९ ले देशलाई अक्रान्त पारिरहेको मध्यनजर गर्दै सो को नियन्त्रणको लागि विभिन्न बिधिहरु सम्बन्धि जानकारी गराउन हेल्थ डेस्क अभिमुखिकरन कार्यक्रम गरिएको हो।IMG20211222114934 नेपालको स्थल सिमा प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुको क्षमता अभिवृद्धि गराउन देखिएको आवश्यकतालाई महसुस गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ,रास्टिय स्वास्थ्य तालिम केन्द्र तथा अन्य सहयोगी संस्थाहरुको संलग्नतामा दुई दिने कोभिड-१९ ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सामग्री तयार पारी गरिएको हो। अभिमुखिकरणको लागि जम्मा ६ वटा सेसन गर्दै सामग्री तयार पारिएको छ। IMG20211222114925 सामग्रीमा कोभिड-१९ को जानकारी अध्याबधिक,प्रवेश बिन्दु तथा अन्तरास्ट्रिय स्वास्थ्य नियमावली ,प्रवेश बिन्दुमा स्कृनिङ तथा परिक्षण,तथ्यांक अभिलेखिकरण तथा रिपोर्टिङ ,संक्रमण रोकथाम तथा नियन्त्रण ,जोखिम संचार र समुदायको संलग्नता तथा स्वास्थ्य जाँचका क्रममा यात्रुहरूको मानव अधिकार सहितको सेसनहरुमा भरपर्दो अभिमुखिकरण गराइएको छ। दुई दिने अभिमुखिकरण कार्यक्रम सिरहाको रमझम होटलमा गरिएको हो।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...