जिल्ला अस्पताल सिरहामा स्यहारिएका बेबारिशे शिशुले पाए अबिभावक

  • पुस १०, २०७८
  • १५०० पटक पढिएको
  • बिनोद मण्डल
alt

विनोद मण्डल पुस ९ । सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाईल स्थित करिब १७ दिन अगाडि बेवारिसे अवस्थामा फेला पारिएको नवजात शिशुलाई स्थानिय बुद्धिजीवी प्रहरीको उपस्थितिमा नैनपुर अस्पताल भर्ना गरी तत्कालिन अवस्थामा आमाको भुमिका मानिसा ठाकुरलाई दिइएको थियो भने शिशुलाई उनको अभिभावक फेला नपरेसम्मका लागि प्रादेशिक अस्पताल सिरहाको nicu कक्षमा नर्षहरूको जिम्मा लगाइएको थियो ,शिशु स्वस्थ्य अवस्थाको भएकोले उनलाई अस्पताल प्रशासनले अभिभावक ग्रहण नभएको समय सम्मको लागि जिल्ला अस्पतालमा राखिएको थियो भने शिशुलाई गोला प्रथा बाट अस्पतालको सभा हलमा छठीयार गरिएको थियो । करिब एक दर्जन बढी निसन्तान दम्पतीले शिशुलाई पाउन जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन दिएका मध्य ललितपुर निवासी इन्जिनियर दीपक थापा र ज्योति थापा छनौटमा परेपछि करिब १ बजेको समयमा अस्पतालको सभाहलमा आयोजित शिशु हस्तान्तरण कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कावारीले थापा दम्पतिलाई शिशु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा जिल्लाका उच्च अधिकारी लगायत अस्पताल प्रशासनका डाक्टर र नर्सको उपस्थितिमा शिशुको स्याहारमा खटिएका नर्षहरुलाई सम्मान गरिनुका साथै उपस्थित सबैलाई मिठाई वितरण गरिएको थियो भने शिशुलाई जिल्ला अस्पताल परिसरमा भव्य स्वागत गरी गाडीमा राखिएको थियो । कार्यक्रममा अधिकांश वक्ताले नियमित रूपमा बच्चाको बारेमा जिल्ला बासीलाई जानकारी गराई रहनुपर्ने माग राखेका थिए । शिशु हस्तान्तरण कार्यक्रममा अधिकांशको आँखा रसाएका थिए भने जिल्ला प्रशासन कार्यालय सिरहाले थापा दम्पतिलाई कानुनी रुपमा धर्मपुत्रकाे प्रमाणपत्र सिफारिस गरेका लिखित पत्र उपलब्ध गराएपछि थापा दम्पति शिशु लिएर आफ्नो गन्तव्य तिर लागेका छन् । यता प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रत्येक महिना शिशुको अवस्थाको बारेमा जिल्ला प्रशासन कार्यालय सिरहालाई जानकारी गर्नको निम्ति आदेश जारी गर्नुभएको छ । कार्यक्रममा जिल्लाका वरिष्ट पत्रकार देव कुमार यादव लगायत पत्रकारहरुको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...