राम पुकार यादव÷३ असोज बिष्णुपुर । सिरहाका बिष्णुपुर र अर्नामा गाउँपालिकाले भव्यताका साथ सबिधान दिवस मनाईएको छ । गाउँपालिकाका जनप्रतिनिधि लगायत गाउँपालिका अन्तरगत रहेका बिभिन्न कर कर्यालयहरुका कर्मचारीहरुले एक ठाउँमा भेला भई सबिधान दिवस मनाईएको हो । नेपालको सबिधानको चौथो बर्षमा सिरहाको बिष्णुपुर र अर्नमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले हातमा झन्डा लिई भव्यताका साथ आ–आफ्नो ठाउँमा ¥याली निकालेर सबिधान दिवस मनाईएको हो ।अर्नमा गाउँपालिकाले ¥याली पश्चात जनहितमा जारी नेपालको सबिधान २०७२ लाइ सभा राखेर साकारात्मक व्याख्या बिशलेषन गर्दै मनाएका थिए भने बिष्णुपुर गाउँपालिकाले गाउँपालिका मातहतको वडा न.१,२,३ र ४ मा जम्मा १२ सय बिभिन्न जातको विरुवा रोपेर चौथो वर्षको सबिधान दिवस २०७६ मनाएको थियो । सबिधान दिवस २०७६ को उपलक्ष्यमा राखेको कार्यक्रममा आफ्ना मन्तवय राख्दै अर्नमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम किशोर महतोले सबिधानको परिपालना गर्नु हामि सबै नेपाली जनताको कर्तव्य हो ,यसको उल्घंन गर्नेले दन्डित हुनुपर्ने अस्वभाविक नरहेको बताए । कार्यक्रममा राजनिति दलका सतmापक्षधर पार्टीका प्रतिनिधि लगायत बिदालयका शिक्षक कर्मचारीहरुले मन्तवय राखेका थिए । कार्यक्रमको सभापतित्व गाउँपालिका अध्यक्ष ठक्कु महतोले गर्दै कार्यक्रममा उपस्थित सम्पुर्णमा स्वागत अभार व्यतm गर्दै कार्यक्रलाई बिश्राम दिएका थिए । र कार्यक्रलाई हर्षोल्लास पुर्वक समापन गरेका थिए । यस्तै सबिधान दिवस २०७६ मनाउँदै बिष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवले बिष्णुपुर गाउँपालिका मातहतका वडा न.१ बिष्णुपुर स्वास्थय चौकी परिसर लगायत वडा २ राजपुर कौवाहा,वडा ३ राजपुर राजोखर र वडा ४ थल्हा कटहामा वृक्षा रोपन गरी सबिधान दिवस मनाएका थिए ।
बिगत वर्षको भन्दा थोरै भिडमा कालो दिवस मनाएतापनि राष्ट्रिय जनता पार्टि नेपालले सिरहाको बिष्णुपुर लगायत देशको अधिकांश भन्दा बढि ठाउँमा नेपालको सबिधान २०७२ बिरुद्ध कालो दिवस मनाईएको छ । सिरहाको बिष्णुपुरमा राजपा समर्थित कार्यकर्ता नेताहरुले बल्याक आउट गरी सबिधान दिवस मनाईएको छ । राजपाले शुक्रबार बेलुका बिष्णुपुर स्थित बिधुत बति कटाएर बल्याक आउट गरेका थिए । सबिधान जारी भएको दिन असोज तिन लाई कालो दिन भन्दै बिभिन्न नारा जुलुस सहित बेलुका बल्याक आउट गर्न सिरहा बिधुत प्राधिकरण शाखा बिष्णुपुरमा अथक जोड लगाएता पनि शाखाको कर्मचारी बिन्देश्वर यादवले तिन मिनेटको लागि लाईन काटेको थियो । मधेशी आन्दोलनको शुरुवातमा समग्र मधेश एक स्वायत प्रदेश,जन्संख्याको अधारमा निर्वाचन क्षेत्र,आत्म निर्णयको अधिकार सहित समानुपातिक निर्वाचन प्रणलिको मागं राखेका मधेशी जनता अधिकार शुनिश्चतताको लागि १५ मिनेटको बल्याक आउट सफल गर्न मधेश भित्रकै कर्यालयमा ३ मिनेटको उपलब्धी पाएपछि यसको कारण लादिएको सबिधान २०७२ रहेको राजपा समर्थीत नेताको धारना रहेको थियो ।बल्याक आउट कार्यक्रम राजपाका युवा नेता हजारि साह,वडा २ का अध्यक्ष राम इश्वर यादव गुरुशरण यादव,रौदि साह,शिक्षक राम भरत मण्डलको नेतृत्वमा भएको थियो ।
यस्तै नेपालका बिभिन्न वर्ग समुदाय जनताको मागहरुं २०७२ असोज ३ मा जारी भएको नेपालि सबिधानमा नसमेटिएको कारण यस दिनलाई कालो दिनको रुपमा हाल नेपालि सतmाका प्रतिपक्षहरु,बिभिन्न पार्टीहरु र मधेशी जनताहरुले बिगत चार वर्ष देखि मनाउँदै आइरहेका छन ।उता असोज ३ लाई बिरोध कि समर्थन बिभिन्न पक्ष र पार्टी बिभिन्न सोच र निर्णय सगँ सम्बन्ध राखेका थिए ..केन्द्र सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले न संविधान दिवस मनाउने न विरोध गर्ने जनाएको छ।समाजवादीले संविधान संशोधनको विषयमा सात वटै प्रदेशको राजधानीमा अन्तरक्रिया गर्ने भएको छ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान दिवस मनाउने भएको छ। तर, नेकपाका केही मधेसी नेताहरू भने संविधान दिवसको कार्यक्रममा सहभागी नहुने जनाएका छन्।यसै गरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि संविधान दिवस मनाउनेछ तर काँग्रेसले संविधान संशोधनको मागसमेत अगाडि सार्नेछ।प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसलाई ‘कालो दिवस’को रूपमा मनाउने निर्णय गरेको छ।राजपाले मधेशका जिल्लाहरूमा कालो दिवस मनाउन केन्द्रीय नेताहरूलाई पनि परिचालन गरेको यसैगरी, डा.सीके राउत नेतृत्वको जनमत पार्टीले गत वर्ष संविधान दिवसको अवसरमा विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको थियो। सोही अवसरमा तत्कालीन स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.राउत पक्राउ परेका थिए र करिब पाँच महिना प्रहरी हिरासतमा थिए। विभिन्न जिल्लाबाट उनका कार्यकर्ताहरू पक्राउ परेका थिए।जनमत पार्टीले अहिलेसम्म औपचारिक निर्णय नगरे पनि संविधान दिवसको विरोध गर्ने देखिन्छ।नेपाल आदिवासी जनजाति महासङ्घले संविधान दिवसलाई विरोध दिवसको रूपमा मनाउने निर्णय गरेको छ। महासङ्घले संविधान विरुद्ध चरण बद्ध आन्दोलनको घोषणासमेत गरेको छ।लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाले पनि असोज तीनलाई कालो दिनको रूपमा मनाउने निर्णय गरेको छ भने सीएन थारु नेतृत्वको तराई–मधेस राष्ट्रिय परिषद्ले पनि कालो दिवस मनाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved