पश्चिम् नवलपरासीमा लागु औषध सहित ४ जना पक्राउ

  • पुस १३, २०७८
  • ५४४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

पुस १३ उर्मिला यादव यात्री सुनवल ।जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले लागु औषध सहित ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्बी नवलपरासीको कावासोती नगरपालिका ९ मिलनचोक बस्ने बर्ष १९ को सुदिप सुनार र कावासोती नगरपालिका ३ स्मृती टोल बस्ने बर्ष १९ को निश्चल घिमिरे , जिल्ला कालिकोट खडाचक्र नगरपालिका ४ बस्ने बर्ष २२ को बिमल शाही र सोहि स्थान बस्ने बर्ष २२ को रमेश अधिकारी रहेका छ्न । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भुमही परासी सडक खण्डको रामग्राम नगरपालिका वडा नम्बर ११ रानीपाकडमा चेकजाँच गर्ने क्रममा लु ४५ प ४१५३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा चार जना नै पक्राउ परेका हुन । पक्राउ परेका घिमिरेको साथ बाट ८सय ५५ ट्याब्लेट नाईट्रोभेट फेला परेको साथै सोही मोटर साइकल संगै बा. प्र. ०२-०३० प ६२३९ नम्बरको मोटरसाइकलमा सवार शाही र अधिकारी समेत नियन्त्रणमा लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताउनु भएको छ । बरामद लागु औषध र पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालयमा सोमबार प्रेस रिलिज गरी सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...