फर्स्ट जनवरीको दिनमा सिरहा कल्याणपुरको संजय साहको गाडी दुर्घटना भै मृत्यु

  • पुस १७, २०७८
  • ७९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, १७ पुस । फर्स्ट जनवर्को दिन मा सिरहाको गोलबजार नगरपालिकामा दुर्घटना भएको छ।दुर्घटना पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ६ दुर्गामन्दिर नजीक मोटरसाइकल बाट भएको हो।दुर्घटनामा सिरहाको कल्याण पुर नगरपालिका वाडा नम्बर ११ को संजय साहको मृत्युु भएको हो।दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ भईरहेको स.७ प. १८५ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा सिरहाकै कल्याणपुर नपा ११ का मोटरसाइकल चालक २५ वर्षिय सञ्जय साहको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका साहको गोलबजारस्थित भूमिजा अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि लहानतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २६ वर्षिय ललित साह घाइते भएका छन् । उनको गोलबजारमा उपचार भईरहेको छ । शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको जनाएइएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...