लाल किल्लामा नेपाली कांग्रेसको जनवरी भोज कार्यक्रम सम्पन्न

  • पुस १७, २०७८
  • ६८४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिनोद मण्डल पुस १७ । नेपाली राजनीतिक इतिहासमा सिरहाको धनगढीमाई १४ अर्थात् सररे अम्बास कम्निस्ट पार्टीको लाल किला मानिदै आएको हो तर विधिको विधान अनुसार समयले कोल्टो फेर्दै गएको अवस्था रहेको छ । तत्कालीन अवस्थामा स्वर्गिय मदन भण्डारी लाई कम्निस्टकाे चौथो महाधिवेशन सम्पन्न गरी मदन भण्डारीलाई महासचिव बनाइएको ठाउँमा यतिबेला कांग्रेसको लहर आएको छ । आज अङ्ग्रेजी वर्षको जनवरी फस्टको अवसर पारेर मदन भण्डारी मावि परिसरमा आयोजित बनभोज कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादव लगायत जिल्ला नेतृत्व तहको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जिल्लाका विभिन्न भागबाट कार्यक्रममा सहभागी हुन नेता तथा कार्यकर्ताहरु बिहानदेखि उक्त ठाउँमा आएका थिए । नेपाली कांग्रेसले गरेको बनभोज कार्यक्रम मा करिब ४००० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम स्थलमा आयोजित साँस्कृतिक कार्यक्रम र व्यवस्थित रूपमा गाडी पार्किंङ र खानपानको व्यवस्थापनको कारण मदन भण्डारी मावि परिसर सजिएको थियो । कार्यक्रममा सभापति रामचन्द्र यादवले पुन आफू पार्टीको जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । छोटो समयमा सम्पन्न हुने गरी आयोजित कार्यक्रममा नेता यादव लगायत सबैलाई मञ्चमा उभिएर आशन ग्रहण गराइएको थियो भने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी लगायत उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज वनैता लगायतका पत्रकारहरु कार्यक्रमका लागि उक्त ठाउँमा पुगेका थिए । कार्यक्रम स्थलमा सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू भएकोले उक्त ठाउँका स्थानियको समेत बाक्लै सहभागिता रहेको थियो । कांग्रेसले गरेको यस कार्यक्रमबाट जनलहर कांग्रेसतिर फर्किएको स्थानियहरुले बताएका छन् । लाल किल्लामा अहिलेसम्म यतिका जनताका उपस्थितिमा कुनै पनि कार्यक्रम हालसम्म नभएको अवस्थामा कांग्रेसको तर्फबाट गरेको कार्यक्रमबाट कम्निस्टको लालकिल्ला भत्किएको सहभागीको भनाई रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...