नाला निर्माण गर्न मांग गर्दै सुखीपुरका स्थानीयहरु आन्दोलित

  • फागुन २८, २०७५
  • १८३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा फागुन २८ । सिरहाकाे सुखीपुरमा नाला निर्माण गर्न मांग गर्दै सुखीपुरका स्थानीयहरु आन्दोलित भएका छन् । जिरोमाईल बरियारपट्टी सडक खण्ड अन्तर्गत सुखीपुर नगरपालिका २ शिव चौक छजना चन्दद्रपट्टी सडकको दुवै साईडमा नाला निर्माण गर्न बारम्बार ठेकेदार र सडक विभाग लहानलाई आग्रह गर्दा पनि निर्माण नगरेकोले स्थानीयहरु बिच सडकमै धर्ना दिएका छन् । सडक निर्माण गर्न एक वर्ष पहिले ठेक्का लागि सकेपनि अहिलेसम्म छजनामा नाला निर्माण कार्यको सुरुवात समेत नभएपछि स्थानीयहरु नाला निर्माण संघर्ष समिति गठन गरी धर्नामा बसेका हुन् । संघर्ष समितिले आज सोमबार १० बजेदेखि बिहान ११ बजेसम्म धर्नामा बसेका छन् । नाला निर्माण कार्य हुने ठेक्केदारले पनि भन्दै आएको थियो । तर एकाएक नाला निर्माण कार्य रोकेकोले सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छन् । अहिले सांकेतिक हिसाबले यहाँका स्थानीय राजनैतिक दल, समाजसेवी र स्थानीयवासीहरु आज एक घण्टा सडक अवरुद्ध गरी शान्तिपूर्ण धर्नामा बसेको नेपाली कांग्रेसका युवा नेता वी.पी भुवन यादबले बताउनुभयो । उहाँले थप्दै भन्नुभयो– छजनामा नाला निमार्ण भएन भने गाउँ नै डुवानमा पर्ने भएकोले जनताहरु आक्रोशित छन् । त्यसै कारणले चरणबद्ध आन्दोलन हुने र निर्माण भएन भने दिनभर सडक समेत अवरोध हुने छन् । धर्नामा नेकपाका राम शुभे यादव, नेपाली कांग्रेसका धनिक लाल यादव, संघिय समाजवादी फोरम नेपालका राम शरोवर यादब (खुरखुर) र रमेश चन्द्र यादब लगायतको रहेको स्थानीय अनिल कुमार यादब (लाला) ले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...