पाँच कठा खेत बैंक धितो राखेर किनेको ट्रकमा सिरहामा आगो लागाइयो

  • पुस १९, २०७८
  • ११५६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश राय ।सिरहा, १९ पुस । जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिक एक मालबाहक ट्रकमा आगजानी गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पुर्याएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ५ ख १००९ नम्वरको ट्रकमा आगजानी गरेको हो ।IMG_4398 समूहमा आएका जनमतका कार्यकर्ताले ट्रकमा जथाभावी ढुङ्गामुढा गरेको गाडी धनिसमेत रहेका चालक विजय साहले बताए । उनका अनुसार ढुङ्गाले चोट लागेपछि आफूले आत्तिएर गाडी रोक्ने वित्तिकै उनीहरुले ट्रकमा पेट्रोल छरेर आगजानी गरेको बताए । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भईरहेको जनाएको छ । आगो प्रहरीको सहयोगले नियन्त्रणमा लिएपनि ट्रक पूर्णरुपले जलेको बताइएको छ । मिथिला नपा ९ धनुषाका साहले पाँच कठ्ठा बैंकमा धितो राखेर दुई वर्ष अगाडी ट्रक किनेको बताए । उनले ऋण समेत सधाउन नसकि गाढी जलेपछि उनी चिन्तित बनेका छन् । जनमतका कार्यकर्ताहरु छापामार शैलिमा सडकमा आई गाडी तोडफोड र आजगानी गरिरहेका छन् । जसको आलोचना हुन थालेको छ । पार्टीले किसान आन्दोलनको नाममा पुस १५ गतेबाट अनिश्चित कालिन तराई मधेसको दिवाकालिन सडक जामको आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...