समाजसेवी नेता महेश चौधरी निरन्तर बिपन्न असहायहरु सँग

  • पुस २३, २०७८
  • ९४४ पटक पढिएको
  • संजय बिश्वकर्मा
alt

प्रदेश टाइम्स पुस २३। समाजसेवी नेता महेश चौधरी निरन्तर लहान नगरपालिकाको बिपन्न असहायहरुको आपत बिपतमा साथ रहेका छन ।हाल सम्म पनि उहाँले समाजसेवाको कार्यलाई निरन्तरता दिनुभएको छ र बाँचुन्जेल सम्म पनि उक्त कार्यलाई जारी राख्ने प्रतिबद्धता गर्दै आईरहेका छन् । कोरोना महामारीको बेला विपन्न बस्तिहरुमा राहत बाँड्दा बाँड्दै गत २०७८ जेष्ठ २२ गते चौधरीको श्रीमति संगिता कर्माचार्यको उपचारको क्रममा झापाको एक अस्पतालमा निधन भयो । श्रीमतीको समाजसेवा प्रतिको मोहलाई जिवित राख्न सम्झना स्वरुप प्रत्येक महिनाको २२ गते समाजिक कार्य गर्ने चौधरीले प्रतिबद्धता गरे । सोही बाचालाई कर्यान्वन गर्ने क्रममा आज लहान नगरपालिकाको वडा नम्बर - १२, १५, २२, र २४ मा करिब दुईसय जना विपन्न परिवारलाई कम्बल बाँडेका छन् । स्थानीय सरकारलाई मतलब छैन् । चुनावको समयमा गरेका प्रतिबद्धता स्थानीय सरकार बिर्से , उनिहरु सत्ताको मोहमा रमे । यस्तो चिसोमा पटक्कै आउदैन् । 'तर , समाजसेवी महेश प्रसाद चौधरी सरकारी पदमा नभए पनि आउँछन् , दु:ख , सु:ख बुझ्छन् , बाँड्छन् , 'अधिकांश विपन्न परिवारहरुले भनेका छन् ।' केही दिन यता तराईका जिल्लाहरुमा बढ्दो चिसोको कारण जनजीवन प्रभावित भएको छ । चिसोले सबैभन्दा बढी आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारहरु प्रभावित छन् । छाक टार्न समस्या रहेको उनीहरुको न्यानो कपडाको अभाव छ ।समाजसेवी चौधरीले कम्बल दिएपछि उक्त परिवारहरु खुसी भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...