कल्याणपुर रेड्क्रस उपशाखाको सधाराण सभा सम्पन्न्न

  • पुस २६, २०७८
  • ८३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स पुष २६ /सिरहा। सिरहाको कल्याणपुरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको बार्षिक सधारान सभा सम्पन्न भएको छ। श्री रामजानकी धर्मशाला कल्याणपुरमा भएको साधारणसभामा आर्थिक बर्ष २०७७/२०७८ को बार्षिक आय व्यय सार्वजनिक गरेका हुन। IMG20220109152919 राजनीति परिपाटीको कारण मानव हितकै लागी स्थापित रेडक्रस उपशाखा कल्याणपुरमा केही त्रुटिहरुको सामना गर्नु परिरहँदा बिगतमा रहेको त्रुटिपूर्ण कमिकमजोरिहरुलाइ सच्याइ अगाडी बढ्ने हाम्रो प्रतिबद्धता छ । यसलाइ सच्याइ अगाडि बढ्ने बिषौं बर्ष देखि आजिबन सदस्य रह्दै कार्यसम्पादन गर्दै आएको कोषाध्यक्ष रामनारायण साहले बताए ।कोषाध्यक्ष साहले आफुले कल्याणपुर उपशाखाको लागि खेलेको भुमिका र गरेको योगदानहरुको बारेमा औंल्याउदैं उपशाखा कल्याणपुरमा पदाधिकारीहरुमा नै रहेको मनमुटाव सल्टिनु पर्ने बताए ।उहाँले उपशाखाको अध्यक्ष महेश्वर यादवले गराएको ८२ लाखको काममा मोटै अनियमितता गरेको अवाज उठाउँदा सदस्य पदाधिकारीहरुमा मन मुटाउ बढेको बताए ।सभामा विभिन्न बक्ताहरुले शुभकामना सन्देश राखेका थिए। कल्याणपुर नगरपालिकाको वाडा अध्यक्षहरु तथा संस्थाको आजीवन सदस्यहरुले मन्तव्य राखेका थिए।कार्यक्रमको प्रमुख आतिथ्य कल्याणपुर नगरपालिकाको कार्यबाहक मेयर रोहनी कुमारी यादवले गरेकी थिइन भने सभापतित्व लालदेब साहले गरेको थियो। सभाको सभापति साहले शाखाको सभापति महेश्वर यादवले गरेको अनियमितता विरुद्ध आफुहरुले अवाज उठाउँदा जिल्ला सभापति राजदेव यादवकै मिलोमतोमा आफुहरुलाइ नै शाखा बाट उचित ब्यबस्थापन गर्नुपर्ने धमास देखाएपछि असोभनिय रहेको बताए ।साहले सभापति यादव अपारदर्शी रहेको बताउँदै पत्राचार गर्दागर्दै कार्यक्रममा अध्यक्ष महेश्वर यादवको अनुपस्थितमा खेद जनाए ।कार्यक्रमको उद्घोषण शिव कुमार साहले गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...