बिष्णुपुरमा घरेलु खुल्ला मदिरा जत्र तत्र सर्वत्र,

  • असोज १०, २०७६
  • ८७५ पटक पढिएको
  • राम पुकार यादव
alt

९ असोज बिष्णुपुर सिरहा । सिरहाको बिष्णुपुरमा घरेलु मदिरा व्यापक रुपमा बढेको छ । गाँउ टोल र शहरमा खुलेको अनावश्यक दारु भठिहरुमा प्रहरी निगरानी नै नभएको जानकारहरुको दावि रहेका छन ।गाउँ टोल बजार र सहरमा संचालित भठ्ठिहरु बाट बिष्णुपुरमा दिनहुं ४ सय देखि १ हजार लिटरको हाराहारीमा खुल्ला मदिरा भित्रिने गरेको जानकारहरुले बताउँछन । जानकारहरुका अनुसार रक्सी भठ्ठि र मदिरा पसलेहरु बाट महिनाबारीका अधारमा यहाँका प्रहरीले रकम अशुल्ने धन्धा भईरहेको कारण अबैध गतिबिधिहरु बढेको देखिन्छ ।उनिहरुले बताउँछन । बिष्णुपुरमा प्रहरीको सक्रियता फितmलो रहेको समेत बताउँछन ।मदिरा कुन ठाउँबाट कसरी आइरहेको छ कतिको आइरहेको छ भन्ने तिर प्रहरीको चासो नदेखिएको र प्रष्ट नभएको देखिएकोले यहाँ प्रहरी निगरानी फितmलो रहेको जानकारहरुको दावि रहेको छन । बिष्णुपुरमा भित्रिने दारुहरु खासगरी गोलवजार,चोहर्वा देविपुर, ब्रहमपुरी,खोरीया,बलकावा,नरहा,रमना,बिष्णुपुर आदि अन्य ठाउँहरुबाट आउने गरेको बुझिन आएको एक व्यपारीले बताए । हाल बिष्णुपुर गउँपालिका अन्तरगत औषत अनुमानको अधार लगायो भने एक गाउँ एक मदिरा भठ्ठि रहेको र सो सबैले दारु बनाउने कच्चा पदार्थ आयात गर्ने र मदिरा उत्पादन गरी बजारमा निर्यात गर्ने गरेको देखिएको छ । तर यहाँको प्रहरी प्रशासन आर्थीक भुलभुलैयामा रही संरक्षण दिरहेको तथ्य रहेको जानकारहरुका दावि छन । यहाँका मदिरा पसलहरु पनि राति दस एघार बजे सम्म खुल्ने गरेको पाइएता पनि प्रहरी मौन रहेको स्थानियको गुनासो रहेको देखिन्छ । स्थानिय समाजसेवी भन्छन,यहाँ त दशौं बर्ष देखि देखावटको लागि चालिस पचास लिटर घरेलु मदिरा छिन्ने र नष्ट गर्ने प्रहरीको खेल भएको छ । तर यसको ठोस नियन्त्रणको लागि ब्यबस्थित योजनाबद्ध काम नै नभएको छ । परिवर्तन कहाँ बाट हुन्छ ।स्थानिय भन्छन जब सम्म घरेलु मदिरा व्यपारी र नियन्त्रण गर्ने सरोकारबला निकाय बिच मिलोमतो र आर्थीक साँठगाँठ रहन्छ तब सम्म घरेलु खुल्ला मदिरा नियन्त्रण गर्न नसक्ने र अबैध किसिमको गतिबिधिहरु भईराख्ने भनाई रहेका छन । दारु व्यापारी एक महिलाले भन्छिन म त घरबाट पिरोलिएको छु ।घरमा कमाउने कोहि छैन यो व्यपार नगरी छाक कसरी टार्छु ।यो त अबैध व्यपार होनी कसरी गर्दै हुनुहुन्छ ? भन्दा प्रदेश टाइम्स दैनिकको सम्बाददाता सगँ सम्बाद गर्दै भनिन महिनाको दुइ हजार देखि तिन हजार सम्म प्रहरीलाई तिर्छु अनि गर्छु ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...