मधेस प्रदेश नामाकरण सहिद प्रतीको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री राउत

  • माघ ५, २०७८
  • ५७९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश  टाइम्स ,माघ ५ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेस प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताउनु भएको छ । मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात बलिदानी दिवसको अवसरमा मदेश सरकार मातहतको मधेसी सहिद प्रतिष्ठानले राजबिराजमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहिदहरुले देखेको मधेस प्रदेशको सपना एक हद सम्म पूरा भएको बताउनु भयो । मधेस प्रदेश बनाउन सहयोग गरेका प्रदेश सभा सद्स्यहरु प्रती धन्यवाद ग्यापन गर्दै मुख्यमन्त्री राउतले सहिदहरुको सपना पूरा गराउन आगामि दिन समेत एकबद्ध रहने बिश्वास व्यक्त गर्नु भयो । उहाँले मधेश आन्दोलन का सहिद परिवार तथा घाइते हरुको सम्मानमा मधेश सरकार कुनै कमि न राख्ने प्रतिबद्धता जनाउनु भयो । सहिद परिवारमध्ये अधिकांशलाई मधेश सरकारले जागीर उपलब्ध गराई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अबको दिनमा मधेश सरकार सहिद परिवार तथा अशक्त घाइते हरुको लागि मासिक २१ हजार भरन पोषण भत्ता उपलब्ध गराउने तयारी समेत गरेको जानकारी गराउनु भयो । मधेस सरकार मधेस आन्दोलनको भावना अनुरुप अघि बढ्दै आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको समाबेशी समानुपातिक ब्यबस्था त्यसकै उपज रहेको बताउनु भयो । कार्यक्रममा मधेस आन्दोलनका ५९ जना सहिद परिवार लाई जनही तीन लाख तथा ८८ जना घाइते हरुलाई अवस्था हेरि २५ हजार देखि ३ लाख सम्मको चेक एवँ सम्मान पत्रले सम्मानित गरिएको हो । आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं मधेसी सहिद प्रतिष्ठानक अध्यक्ष भरत प्रसाद साहको अध्यक्षता मा भएको उक्त कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी , पदेश सभा सदस्य मनिष सुमन सहितको बक्ता हरुके मन्तब्री राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...