समयमा तलब नपाएको भन्दै लहानका शिक्षकहरू आन्दोलित

  • माघ ११, २०७८
  • ३७५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

लहान ११ माघ । सिरहाको लहान नगरपालिकाका शिक्षकहरू आन्दोलित भएका छन् ।

चालु २०७८र०७९ को साउन महिना देखि हाल सम्म नगरपालिकाले आफूहरूको तलब नपठाएको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन । आज कार्यालयको समयमा नगरपालिका घेराउ गरी शिक्षकहरूले धर्ना तथा आन्दोलनका कार्यक्रम गरेका थिए ।

ज.मा.वि. सोनमती गाढा, पशुपति आदर्श मा.वि. लहान , सरस्वती आ.वि. गाढा , आ.वि. ब्रहम्हान गोर्छारी , आ.वि. चम्पापुर लगायत ५ वटा स्कुलको  करिब १ सय ५० जना शिक्षक, ५९ जना कार्यालय सहयोगी र ५६ जना बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरूले तलब नपाएको एक जना प्रधानाध्यापक नारायण प्रसाद साहले बताउनु भएको छ।

नगर क्षेत्रभित्र ६० वटा सामुदायिक विद्यालय रहेकोमा ५ वटा विद्यालयको शिक्षकहरूले तलब नपाउनु लहान नगरपालिकाका नगर प्रमुख मुनी साह सुडीको राजनीतिक प्रतिशोध भएको शिक्षकहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...