मधेश प्रदेशमा डिअाईजी मगरको घुमुवा अातंक ; बारावाट व्यापक तस्करी शुरु समबन्धित निकाय मौन

  • फागुन ३, २०७८
  • ७३९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्ण यादव बिरगंज ; बारावाट व्यापक तस्करी शुरु समबन्धित निकाय मौन वीरगंज ३ गते फाल्गुन पर्सा प्रहरीले सिमानाका हुने अवैध गतिविधि रोक्न कडाई गरेपछि अहिले बाराको विभिन्न नाकाहरुवाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको छ। बारा जिल्लाका विभिन्न नाकाहरुवाट सस्थागत रुपले हुँदै अाएको तस्करी केही दिन बन्द रहे पनि सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख एवम डिअाईजी गणेश ठाडा मगरले बारा जिल्लामा सशस्त्र प्रहरीद्वय अशोक साह र सागर झालाई घुमुवा परिचालन गरि तस्करहरु संग मोटो रकम असुली गरेको स्रोतले जनाएको छ। सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख गणेश ठाडा मगरले हेडक्वाटरको निर्देशन विपरीत सशस्त्र प्रहरी हव्लदार अशोक साह र सागर झालाई घुमुवा परिचालन गरि बारा जिल्लावाट व्यापक रुपम तस्करी गराउनको लागि छुट दिएका छन्। सशस्त्र प्रहरी डिअाईजी मगरको घुमुवाहरुको मार्फत नै बारा जिल्लाका मटिअार्वा ,जोतपुर,बसतपुर,तिलकुवा,कचौरवा,गोलागंज ,खजानी , पथलवाघाट , सिम्रौगंढ, गोलागंज ,क्वोहिगोठी ,छतवा लगाएतका नाकाहरुवाट अहिले ठुलो मात्रामा तस्करी हुँदै छ। डिअाईजी मगरको घुमुवाहरु मिलोमतोमा गोलागंज नाकावाट तस्करी कपडाको तस्करी गर्ने भोला संदीप शयामसुन्दर , उमेश, हाडयेवर व्यापारी उपेन्द्र , मास्टर , पिपरपाती नाकावाट कपडाको काम गर्ने मिश्रीलाल , बेलदारी नाकावाट कपडाको काम गर्ने खेन्ना र लालबाबु र मटिअार्वावाट रामअयोध्या , प्रेम किराना , मनाङ्ग कपडा व्यापारी छतवा नाकावाट कपडा , जुत्ता चप्पल व्यापारी भोला लगाएतको तस्करहरुले घुमुवाहरु मार्फत डिअाईजी साहेब नाऊंमा अाफुहरुले रकम दिदै अाएको नाम छाप्रने सर्तमा एक कारोबारीहरुले बताएका छन्। त्यसै गरि यीद्वय घुमुवाहरुले माथि नाऊ रहेका तस्करहरु शीत डिअाईजीको नाऊमा मात्र नभई सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाको भाग समेत यिनीहरुले तस्करहरु संग मोटो रकम असुली गरि थापा सम्म पुर्‍याउने गरेको स्रोतले दाबी गरेको छ। सशस्त्र प्रहरीका हेडक्वाटरको निर्देशन विपरीत घुमुवा परिचालन गरि तस्करी गराएपनि केही कार्यबाही नहुने कारण के यस्ता भ्रष्ट अधिकारी मार्फत सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...