बारा जिल्लामा ५० लाखौंको जुवा संचालनमा प्रहरी प्रशान नजराना बुझि चुप

  • फागुन ३, २०७८
  • ६९० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्ण यादव/ वीरगंज ३ फाल्गुन । बाराको प्रसौनी गाऊपालिकाको पस्टोका बजारमा प्रहरी प्रसाशनको मिलोमतोमा खुल्म खुल्ला रुपले जुवा (कौडा)खेल संचालन भईरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक देउवाले सडा पोशाकमा खटाएका घुमुवा संजय जैसवालले र ईलाका प्रहरी कार्यालय प्रसौनी प्रहरी निरीक्षक बिन्देशवर यादवको घुमुवा प्रमोद पटेलले लाखौं रुपैयाँको नजराना बुझि कौडा संचालन गराउदै अाएको स्रोतले जनाएको छ। त्यसै गरि पस्टोकामा संचालनमा रहेको जुवा ( कौडा) खेल खेल्नको लागि पर्साको वीरगंज , बारा , रौटहट र छिमेकी मुलुक भारतको सिमावर्ती बजार रक्सौल , अाडापुर , घोडासहन लगाएतका ठाऊ ठाऊहरुका ब्यापारी तथा जुवाडीहरु खेल्न अाईरहेको स्रोतले बताएका छन्। केही दिन पहिला देखि संचालित नरहेको जुवा(कौडा) खेल अहिले प्रहरीकै मिलोमतोमा संचालन भईरहेको छ। पर्सा प्रहरीले जुवा तास पुर्णरुपले कडाई गरि जुवा संचालन बन्द गरेपछि अहिले बारा प्रहरीको मिलोमतोमा बाराको पस्टोकामा व्यापकरुपमा जुवा तासको खेल संचालनमा अाएको प्रत्येक्षदर्शीले बताएका छन्। उक्त जुवाको खाल संचालन गरेको व्यक्तिहरुले एक जनावाट हजारौं रुपयाको बोर्ड काटि दिन्हु ५ लाख देखि १० लाख रुपैयाँ सम्म बोर्ड काटी प्रहरीहरुको माथिल्लो निकायको भागसम्म५० प्रतिशत सम्म बुझाउने गरेको एक जना स्थानियले बताएका छन्। त्यसै गरि बाराको बेलहीया पस्टोकामा संचालन रहेको जुवाको अडा भन्दा करिब ३ देखि ४ किलोमिटर नजिक रहेको इलाका प्रहरी कार्यालय प्रसौनीले मुर्खदर्शि बसेका छन्।यस्ले प्रमाणित हुन्छ कि प्रहरी प्रसाशनको मिलोमतोमा भईरहेको छ। जुवाको अड्डा संचलन गरेका एक शेयर रहेका पाटर्नरले प्रहरी देखि सबै निकायहरुलाई मिलाएर जुवा अड्डा संचालन गरेको छु त्यसैले मिडियाहरु समाचार अाएपनि हाम्रो जुवाको अड्डा बन्द नहुने बताउदै हिडेका छन्। बारा जिल्लामा जुवा कौडीको संचालनल भएको कारणले क्यो ब्यक्तिहरु जुवामा जग्गा बेची , मिटर ब्याजी पैसा लिएर कौडामा हारेपछि अात्माहत्या गर्ने सम्म लागेको छ।यश गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...