सिरहामा कांग्रेसको अवाज संगठन रक्षाका लागि प्यानल सहित राम चन्दर यादवको बिजय जरुरी

  • फागुन १७, २०७८
  • १५७३ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव /१७ फाल्गुन सिरहा । देशकै विभिन्न जिल्लामा काँग्रेसले आफ्ना अधिबेशन सम्पन्न गरि बाँकी दस जिल्लामा यहि फाल्गुन २० गते अधिबेशन सम्पन्न गर्ने तयारी संगै मधेस प्रदेशको सिरहामा पनि कांग्रेसको अधिबेशन सम्पन्न गर्न जोडतोडका साथ कार्यकर्ताहरु जुटेको छ। IMG20220301120539 काँग्रेसको जिल्ला अधिबेशनको लागि पार्टी भित्र कडा आन्तरिक सकस चलेको छ। सिरहामा कांग्रेसको अधिबेशनको लागि दुई पक्षले आफ्नो प्यानललाइ जिताउन संघर्षमा जुटेका छन। पार्टी सभापतिको पदमा आफ्ना उम्मेदवारी दिदै रामचन्द्र यादवले एक मजबुत प्यानल तयार गरेको छ भने अर्को तर्फ राम सुन्दर चौधरीले आफ्ना प्यानल तयार गरेको छ। दुई पक्षले अधिबेशनको चुनावी संघर्षमा जुटिरहेको बेला सिरहाको १७ स्थानीय तहहरु मध्ये अधिकतम तहका कार्यकर्ताहरु पुर्व सभापति तथा माननीय रामचन्द्र यादव नेतृत्वको प्यानलको पक्षलाई जिताउन जोडदार अवाज उठाउँदै साथ दिरहेका छन। IMG20220301130750 पुर्व सभापति यादवको पक्ष भने मजबुत देखिएको छ भने उता चौधरीको पक्ष कमजोर देखिएको छ।काँग्रेस नेता कार्यकर्ताका अनुसार अहिलेको प्रस्थितिमा पार्टी संगठन तथा कार्यकर्ता रक्षाको लागि सिरहमा सभापति यादवको जोरा कोइ नरहेकोले यादवको प्यानललाइ जिताउनु बाहेक कुनै बिकल्प छैन । समाबेशी सहित तयार गरेको पुर्व सभापति यादवको प्यानललाइ जिताउन काँग्रेसका इमानदार कार्यकर्ताहरुको मतको जरुरी रहेको काँग्रेसका सक्रिय नेताहरूको अवाज रहेको छ। चुनावी अधिबेशनको दौरान आज सिरहाको बिष्णुपुर गाउँपालिका वडा न.२ कौवाहा राजपुरमा नेता तथा कार्यकर्तालाई भेटघाट गर्न पुगेका पुर्व सभापति रामचन्द्र यादवले आफ्नै पार्टी भित्रका विपक्षीहरु मत माँग्ने क्रममा अनावश्यक शैली प्रयोग गर्दै हिन्ने गरेको आरोप लगाए।उहाँले भने पार्टीको सिधाान्त बिपरित कुरा गर्ने गैरजिम्मेवारहरुलाइ जिताउन सहयोग गर्नु पार्टी संगठनको लागी दुर्भाग्य हो। यस्ता तिर कोहि इमानदार कार्यकर्ताहरु नलाग्नु भन्दै पार्टी संगठनको लागी आवाज उठाउनु हामी कृयाशिलहरुको कर्तव्य रहेको धारणा व्यक्त गरेका थिए।उहाँले हाम्रो प्यानलको जित सुनिश्चित छ।हाम्रो प्यानल जित्छ नै हामिलाई मत दिई सहयोग गर्न भनेका थिए।IMG20220301115630 पुर्व सभापति यादव नेतृत्वको प्यानल आज बिष्णुपुर गाउँपलिकाको प्रत्यासी रामचन्द्र यादवको घर पुगेका थिए। प्रत्यासी रामचन्द्र यादव , गाउँपालिका संयोजक  जयनाथ महतो,जगबिर यादव ,भु.पु गाबिस अध्यक्ष कुशेस्वर यादव जयनन्दन यादव,राजकुमार यादव,अशेस्वर ठाकुर लगायत नेता कार्यकर्ताहरुले भोट माँग्दै जितको लागि शुभकामना गरेका थिए।प्रत्यासी यादवको घरमा आयोजित कार्यक्रममा बिष्णुपुर गाउँपालिका स्थित कांग्रेस नेताहरूको उपस्थित रहेको थियो भने कार्यक्रमको सभापतित्व नन्दकिशोर यादव (बब्लु) ले गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...