बृद्धबृदा बचे समाज र देशलाइ आशीर्वाद प्राप्त हुनेछ -पुर्व मन्त्री नेता श्रेष्ठ

  • फागुन २३, २०७८
  • ७५१ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स /२३ फाल्गुन सिरहा। IMG20220306155554 सिरहाको नरहा गाउँपालिका वडा न ४ मा ज्येष्ठ नागरिक तथा बृद्धबृदाहरुको सम्मान कार्यक्रम भएको छ।ज्येष्ठ नागरिक तथा बृद्धबृदाहरुलाइ सम्मान गर्दै नरहा गाउँपालिका वडा न ४ एमाले ले आफ्ना अधिबेशन कार्यक्रम पनि सप्पन्न गरेको छ।ज्येष्ठ नागरिक सम्मान तथा वडा अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व कानुन ,न्याय संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले बृद्धबृदा बचे समाज र देशलाइ आशीर्वाद प्राप्त हुने बताएका हुन।उहाँले विभिन्न समाजिक न्याय र समाज बिकास सम्बन्धि कुराहरू राख्दै नराहा गाउँपालिका भित्र र बाहिर गरेका बिकासका योजनाहरु सम्बन्धि बिचार राखे।उहाँले ,नरहा गाउँपालिका अन्तरगत रहेको दलित मुसहर समुदायहरुको बिकासको कुरा उठाउँदै आम दलितहरूको बिकासको निम्ति आफू लागि परेको बताए । सोही कार्यक्रम बिच पुर्व मन्त्री श्रेष्ठले दलितहरुको लागि नवनिर्मित सामुदायिक भवनको पनि उदघाटन गरे।IMG20220306141526 उहाँकै पहल र बजेटले वडा न.४ नरहा साबिक वडा न ६ सदाय बस्तिमा छतिस लाखको लागत मा दिनारामभद्री अधारभुत बिदालय र ६ लाखको लागतमा शौचालय स्थापना गरिने र सोको लागी बजेट पनि आइसकेको र शिलान्यास पनि भैसकेको गापा अध्यक्षले जानकारी गराए। उहाँले दिनारामभद्री बिदालयको शिलान्यास पनि गरिसकेको बताए । IMG20220306134918 कार्यक्रममा नरहा गाउँपालिका अध्यक्ष रामशरण यादव,प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव,प्रदेश सांसद महिला नेत्री जगतारैन देबि यादव,वडा नम्बर ४ को अध्यक्ष सुर्यनाथ यादव,, राम कृपाल यादव नेता अमरनाथ यादव बिजय यादव IMG20220306141510 ,डम्बर यादव लगायतका नेता कार्याकर्ता बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।   वडा अधिबेशनले २३ सदस्यीय समिति चयन गरेको छ। २३ सदस्यीय समितिहरुमा महिन्द्र ठाकुर अध्यक्ष ,बिश्वनाथ यादव (भुला)उपा-अध्यक्ष ,शिि कुमार यादव शिबा सचीव ,शत्रुुुधन साह र बिजय कुमार यादव स-सचीव अन्य सदस्यहरु गरि जम्मा २३ सदस्यीय वडा समिति चञ गरेको वडा अध्यक्ष सुर्यनाथ यादवले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...